कविता : आक्रोशित एउटा आवाज

कविता : आक्रोशित एउटा आवाज

 रोशन यक्सो

ओई  ! माचिण्डे सरकार ? 

सक्छस भने– ठोक गोली मेरो छातीमा ।

 

बजार कटबासको लाठी मेरो टाउकोमाथि 

बलजफ्ती थुन्न खोज मेरा ओठहरूलाई

  तर ओकलेरै छाड्छु  मनको भडाँस्। 

 

ओई माचिण्डे ! 

कतिन्जेल गर्छस्-सौदा 

हाम्रो सपनाको— कालाबजारीहरूसँग ?

 

कतिन्जेल गर्छस् व्यापार 

हाम्रो आशाको विचौलियासँग ? कतिन्जेल गर्छस् -लिलाम्  

  हाम्रो स्वाभिमानको  दलालसँग ? 

सिमानाको जंगे पिलर रातारात सारिदा 

किन मौन बस्छस् ? 

दशगजामा नागरिक मारिदा 

किन चाल नपाए झै गर्छस् ? 

 

विदेशी प्रभू आउँदा 

किन हतार–हतार गर्छस धनुष्टकार ?

यसको जवाफ छिटो चाहियो ।

तैंसँग बसेर सेटिङ मिलाउँछ-

नामुद तस्कर ! 

 

मोस्ट वान्टेड अपराधी मन्त्री

 क्वाटरमा सुरक्षित बस्छ !

यो देशको बदनाम ठेकदार  

बाराम्बार सिंहदरबार पस्छ !

 

अबोध बालिकाको बलत्कारी 

निर्दोष बालकको अपहरणकारी

तेरै संरक्षणमा निस्फिक्री घुम्छ  

प्रहरी कै वरिपरी !

 

अझै अनेक जालझेल र प्रपन्च रचेर

किन कोच्छस् जेलमा

 सोझा,सिधा,निमुखालाई 

कहिले— गार्इ मारेको अभियोगमा !

कहिले— गोरु काटेको आरोपमा !

अनि 

उन्मुक्ती दिन्छस् यो देशका 

दलाल,घुसखोर,भ्रष्टाचारी र देशद्रोहीलाई   

तर  याद राख,

अब इतिहासले राख्ने छ । 

तेरो एक–एक कर्तुतहरूको हिसाब !

 

मलाई थाहा छ -

किन यती सारो अतालिन्छस- 

 सचेत नागरिकदेखि ?

 किन डराउछस् - स्वतन्त्रतादेखि ?

किन सामेल गर्न खोज्छस् सबैलाई -

आफ्नो भजन मण्डलिमा ? 

 

तँलाई मन पर्छ- गणेश प्रवृत्त्ती ! 

तँलाई प्रिय लाग्छ- हनुमानगिरी !

कसैले तेरो विरोधमा आवाज उठाएको 

तँलाई मन पर्दैन।

कसैले तेरो विरुद्ध

औंला ठड्याएको  तँलाई मन पर्दैन।

तँ डराउछस् ज्युँदो मान्छेदेखि ! 

वास्तवमा तँ डराउँछस् आफ्नै छायाँदेखि 

 

थाहा छ तँलाई -

तर पनि किन गर्दैछस् यती धेरै चुरिफुरी ?  

तँ निभ्नु अघिको

एउटा बत्त्ती होस्  । 

र, बत्त्ती पनि निभ्नु अघि 

अन्तिम पटक चहकिलो बल्छ !

 

प्रतिकृया दिनुहोस

खतिवडाको ‘डल्ली रेशम’ बजारमा

भुइँ मान्छेको आक्रोश

कविता : छोरी सम्झेर 

कविता : न्याय

गजल:यो मेरो मुटु उसैको

छक्का पञ्जा ३ को पहिलो गीत हेर्ने

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला