सवारी साहित्यः जोसमा कण्डम लगाउनुदेखि होसमा गाडी चलाउनेसम्म

सवारी साहित्यः जोसमा कण्डम लगाउनुदेखि होसमा गाडी चलाउनेसम्म

कलम रोए अक्षर बन्छ

कवि रोए कविता ।

 धनी मरे श्रद्धानजली

  गरिव मरे रमिता ।

 म मरेपछि मेरो लाशको पोस्टमार्टम

  गर्न नदिनु है प्रिय

 मुटुमा तिम्रो नाम भेटिदा अनुसन्धानमा फसौली

मलाई त बचाउन सकेनौ सकेनौ कमसेकम 

डुब्न लागेको देश त बचाउ ।

“फूल दिउँ भने पात छैन ,

मुस्कान दिउँ भने अगाडीको दाँत छैन ।” 

 चलती है गाडी उडती है धूल

ड्राइभर से प्यार करना लड्की का भूल

चरिकी जिन्दगि रुखके डाल पर ,

खलासी कि जिन्दगि गाडीकी चाल पर ।

ढीलो गए अवश्य पुगिन्छ

छिटो गए कुन्नि  

बच्चाको जिन्दगी बिस्कुट र केकमा

ड्राइभरको जिन्दगी स्टेरिंग र ब्रेकमा

एक नजरसे तो देखो

नजर से तुमारा क्या जाएगा

गाडी चलाउनु होस् मा

कन्डोम लगाउनु जोस मा

उल्लेखित कविताका पंक्तिहरू कुन कविका कुन कृतिका रचना हुन थाह छैन् । तर, कविताका टुक्रा सार्वजनिक यातायात प्रयोग गर्ने प्रत्येक मानिसका आँखामा ठोक्किएकै हुन्छन् । र ती पंक्तिले गहिरो सन्देश प्रवाह गरेका हुन्छन् ।    

सवारी साधनको पछाडि,भित्तामा र यात्रु चढने ढोकामाथि कोरिएका यस्ता पंक्तिहरूमा माया प्रेम, अर्ती/उपदेश, जन/जागरण, अनुरोध सन्देशजस्ता अभिव्यक्ति बोकेका हुन्छन् । ती कुनै साहित्यकारको सिर्जना भन्दा कम देखिदैन् ।

पशुपति क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्ने सविता पोखरेल गाडी साहित्य पढन मजा आउने बताउँछिन् । खोटाङ निवासी उनी भन्छिन्,‘कहिलेकाही त डायरी खोलेर टिप्ने समेत गरेकी छु ।’

‘भट्टी मा धाउनुको साटो

मदिरा सेवन गर्नुको साटो

सन्तानलाई शिक्षा देऊ जीवन बद्ल्नेछ ।

’ यस्ता अभिव्यक्तिले समाजलाई सकरात्मक सन्देश प्रवाह गर्दछ । त्यतिमात्र होइन जनजागरणका भाव झल्किने भावना पनि त्यहाँ कोरिएका हुन्छन् ।    सभ्यता नै परिचय  हो  साँचो परिचय दिनु होला 

  आफु बाच्न   अरुलाई नमार्नु होला  ।

अरुलाई दुःख दिने असती दैवले छोड्दैन

एकरत्ती सवारी साधनमा कोरिएको यि यस्ता अभिव्यक्ति कतै–कतै अन्य स्रोतबाट साभार गरिएपनि कतिपयले आफ्नै भावना पोख्ने गरेका पाइन्छ । नेपालमा मात्र नभई नर्वे,फिन्ल्यान्ड, डेनमार्क लगायतका देशमा पनि यस्तो यातायात साहित्य  भेटिने गरेको समीक्षक प्रकाश सायमी बताउँछन् । विदेशमा यस्ता रचनालाई ‘टाभल पोयट्री’ गरेको उनलेको भनाइ छ । सवारी साधनहरूमा महान दार्शनिकका भनाई पनि कोरिएका हुन्छन् । धेरै जस्तो प्रचलित भनाईहरू कोड गरेर सवारी साधनामा लेखिएको हुन्छ ।  

 पुरानो कोट लगाउ नयाँ पुस्तक किन                      थोरो

संसार बदल्नु छ सुरुवात आफै बाट गर्नु छ ।                   योगी विकाशानन्द                                

प्रस्तुतिः सरस्वती ढुङ्गाना  

   

 

 

 

 

 

प्रतिकृया दिनुहोस

झमकको जीवनीमा आधारित फिल्म ‘जीवन

नारायण गोपाल २८ औं स्मृति दिवस

बाख्रा चराउन जाँदा... (कथा)

सिन्धुका कलाकर्मी संगठित

दुर्गाको ‘कालीकाली’ एल्बम विमोचन

भोजराजका एकसाथ दुई गजल संग्रह

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला