कविता : ऐनामा अनुहार 

कविता : ऐनामा अनुहार 

हरेक पटक एउटा मान्छे 

ऐना पुछेर सफा गरिरहेको देख्छु । 

उसलाई अलिकति फोहोर मन पर्दैन, 

दिनमा चौबिस सय पटक ऐना पुछिरहने 

ऊ ऐनालाई औधी माया गर्छ ।

त्यसैले हरेक पटक उसका हात  ऐनामा घुमिरहन्छन ।   

 

कहिल्यै ध्यान दिएन आफ्नो अनुहारमा । 

सेतो कमिज अब पहेलो भइसक्यो ।

  बदलामा कालो कपाल सेतो बनेर आयो। 

भित्र भित्रै निसास्सिएर,

बस्न नसकेर  औँलाहरुले जुत्तामै झ्याल बनाए । 

 

चस्मा त किनेको दिनदेखि 

अनुहारमै फिट गरेको जस्तो, 

फेरिएको छैन आजका मिति सम्म ।

यस्तै ब्यक्तिगत विवरण बोकेको बुढो

इतिहास  बारम्बार ऐना पुछिरहन्छ । 

 

ऊ सामाजिक पढाउने मनुवा 

तर असामाजिक भइदिन्छ,

खानपिन, दारुपानीको समाजका लागि । 

कारण  

उसलाई हरेक पटक ऐना पुछिरहनु छ । 

कमसेकम दिनमा चौबिस सय पटक । 

यस्तो लाग्छ आफूले बाँच्न पाएको गुन 

ऐना पुछेर तिर्छ । 

कालोपाटिमा, सेतोपाटिमा 

जति अक्षर लेखेर मेटाउदा 

उसले आफ्नो हात ब्यस्त राख्यो

  त्यो भन्दा धेरै समय ऐना पुछिरहयो । 

आफ्नो अनुहार भेटाउन 

दिन, महिना, बर्ष र पुरै जिन्दगी 

ऊ ऐना पुछिरहयो । 

 

नोट : एउटा गुरुका लागि बिधार्थी ऐना हो जसमा हरेक गुरु आफ्नै अनुहार खोज्छ ।

जीवन कमल  

प्रतिकृया दिनुहोस

भोजराजका एकसाथ दुई गजल संग्रह

खतिवडाको ‘डल्ली रेशम’ बजारमा

भुइँ मान्छेको आक्रोश

कविता : छोरी सम्झेर 

कविता : न्याय

गजल:यो मेरो मुटु उसैको

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला