कौशिला रिसालको कथासङ्ग्रह आहा फूल... सार्वजनिक 

कौशिला रिसालको  कथासङ्ग्रह आहा फूल... सार्वजनिक 

अमरवाणी संवाददाता/काठमाडौँ । कौशिला रिसालद्वारा लिखित कथासङ्ग्रह ‘आहा फूल ...’ किशोर कथाको राजधानीमा आयोजित एक कार्यक्रमकाबिच शनिबार लोकापर्ण गरिएको छ । पूर्वीय वाङ्मयका अध्येता तथा साहित्यकार तिलकप्रसाल लुइटेल, वरिष्ठ कथाकार माया ठकुरी, रत्नराज्य लक्ष्मी क्याम्पसका प्रमुख तथा साहित्यकार प्रा.डा भगवानचन्द्र ज्ञवाली, आधारशीला क्याम्पसका क्याम्पस प्रमुख समीर सिंह र लेखक कौशिला रिसालले संयुक्त रूपमा कथासङ्ग्रहको लोकार्पण गरे । 

कथासङ्ग्रहमाथि टिप्पणी गर्दै वरिष्ठ कथाकार माया ठकुरीले कथासङ्ग्रहले नैतिक शिक्षा दिन जमर्को गरेको बताइन् । उनले भनिन्, ‘कथासङ्ग्रहमा समेटिएका कथाले नैतिक शिक्षा दिने जमर्को गरेको छ ।’ नैतिक शिक्षा नहुँदा अहिलेका युवापुस्ता बिग्रदै गएका छन् कथाकार ठकुरीको टिप्पणी गरिन, ‘किशोर किशोरीहरूलाई समाज सुहाउँदो नैतिक शिक्षा दिनुपर्छ ।’ 

पूर्वीय वाङ्मयका अध्येता तिलकप्रसाद लुइटेलले नेपाली भाषाको पहिलो किशोर कथा ‘आहा फूल...’ भएको बताए । उनले भने, ‘मेरो आँखाले देख्दा नेपाली भाषाको पहिलो किशोर कथा यही नै हो । ’ किशोर अवस्थाको मनोविज्ञान कथा सङ्ग्रहमा भेटिन्छ । किशोर किशोरीका निमित्त कथा लेखिएको हो अध्येता लुइटेलले भने,‘किशोर किशोरीलाई सचेत बनाउन लेखिएको छ । यसतर्फ लेखकको ध्यान पुगेको देखिन्छ । कथा कलात्मक छ । मानवीय जीवनको सफलता असफलताको कुरा कथासंङ्ग्रहमा गरिएको छ ।’

  प्रा.डा भगवानचन्द्र ज्ञवालीले लेखकमा मातृत्व, शिक्षक लगायत विशिष्ट गुणहरू भएको बताए । त्यस गुणले मनलाई बुझेका कारण कथामा फरक विषयवस्तु आएको बताउँदै ज्ञवालीले किशोरहरूलाई सत् मार्गमा डो¥याउन कथासङ्ग्रहले महत्वपूर्ण भूमिका खेल्ने बताए । सरल भाषाशैलीका कारण लेखकले प्रवाह गर्न खोजेको सन्देश जो कोहीले पनि सजिलै बुझ्छन् उनले भने, ‘भाषाशैली किशोर उमेरकाले सहज रूपमा ग्रहण गर्न सक्ने खालको छ । भाषाकै कारण लेखकले दिन खोजेको सन्देश जो कोहीले पनि सजिलै बुझ्न सक्छन् ।’

  २०३५ सालमा गोरखाको सिरानचोकमा जन्मेकी रिसाल साहित्य र समाजसेवा सेवामा सक्रिय छिन् । उनको ‘आहा फूल ...’ दोस्रो कथा सङ्ग्रह हो । पहिलो कृति बालकथा सङ्ग्रह ‘नयाँ वर्षको उपहार’ हो भने ‘जन्मघर’ कविता सङ्ग्रह प्रकाशनको तयारीमा छ । 

 

तस्बिर : रमेश दवाडी/अमरवाणी 

 

प्रतिकृया दिनुहोस

मैले त मन्त्र पढे तिम्रै नामको तीज

कविता : ऐनामा अनुहार 

रमिला र खुमनको तीज गीत 'भुरुरु उडेको

भिखारीको ‘समुद्र साउती’ बजारमा

पत्रकार न्यौपानेको 'स्कुल बेच्ने बालक'

पाँडे र पौडेल ‘माइला’को संयुक्त हाइकुसङ्ग्रह

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि