कार्कीको ‘मष्टो संस्कृति’ सार्वजनिक

कार्कीको ‘मष्टो संस्कृति’ सार्वजनिक

काठमाडौँ । संस्कृतिविद् तेजबहादुर कार्कीको ऐतिहासिक एवम् सांस्कृतिक अध्ययन सम्बन्धी पुस्तक ‘मष्टो संस्कृति’को सार्वजनिक गरिएको छ । भृकुटी मण्डपमा सञ्चालित २२औँ नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा शुक्रबार एक कार्यक्रमबिच उक्त पुस्तकको लोकार्पण गरिएको हो । प्रा.डा. राजाराम सुवेदी र डा. जगमान गुरुङद्वारा संयुक्त रूपमा पुस्तकको विमोचन गरे । 

पुस्तक र मष्टो संस्कृतिबारे विचार विमर्श गरिएको कार्यक्रममा डा.जगमान गुरुङले खसहरूको प्रमूख विशेषता मष्टो संस्कृति रहेको र अधिकांश बाहुनहरूको कुलदेवता मष्टो रहेको र जसमा १२ भाई मष्टा, ९ बहिनी भवानी रहेको बताए । खस आर्य बाहुनहरूले आफ्नो इतिहास, कुल र कुलदेवताको बारेमा जानकारी पाउन यो मष्टो संस्कृति पुस्तक पढ्दै पर्ने र यसले मष्टोसंस्कृतिधारीहरूको थप अध्ययन गर्न एउटा कोशे ढुङ्गो सावित हुने पनि बताए  । 

प्रा.डा राजाराम सुवेदीले विभिन्न स्रोत र सन्दर्भ सहित मष्टो संस्कृतिको बारेमा अनुसन्धान गर्दै लेखिएको यस पुस्तक खसहरूको एउटा बहुमूल्य सम्पत्ति सावित भएको हरेक खस मष्टोसंस्कृति मान्नेहरूले आफ्नो पहिचान थाहा पाउन र थाहा दिनको लागि प्रत्येककोे घरघरमा यो पुस्तक हुनुपर्ने बताए । मष्टोसंस्कृतिमा एउटा अदृश्य शक्ति हुने जुन धामीलाई चढेपछि देवीबाणी आउने र उक्त समयमा न्याय मिचेर अन्याय गर्ने उपर मष्टो धामीसँग याचना गरेमा न्याय अन्याय छुटाएर अन्यायीलाई सजायदिनसक्ने सम्मको अचम्मित अदृष्य शक्ति समेत हुने बताए । 

उपन्यासकार जीवन खड्काद्वारा सञ्चालित उक्त कार्यक्रममा बोल्दै लेखक तेजबहादुर कार्कीले संस्कृतिको कठघरामा उभिएर धेरै कठिन मिहिनेत र परिश्रम पश्चात यो कृति तयार पारेको र अझ यस विषयमा अन्य जानकारहरूसँग सल्लाह समन्वय गरेर गहिराइसम्म अनुसन्धान गरी अर्को संस्करणहरु प्रकाशन गर्दै जाने वाचा गरे ।  

जम्मा २४८ पेज रहेको यस मष्टो संस्कृति शिखा बुक्सबाट प्रकाशित र ज्ञानज्योति बुक्स पब्लिकेसनद्वारा वितरित गरिएको छ भने यसको मूल्य ३५०/– रुपैयाँ रहेको छ । 

 

तस्बिर : रमेश दवाडी/अमरवाणी 

प्रतिकृया दिनुहोस

झमकको जीवनीमा आधारित फिल्म ‘जीवन

नारायण गोपाल २८ औं स्मृति दिवस

बाख्रा चराउन जाँदा... (कथा)

सिन्धुका कलाकर्मी संगठित

दुर्गाको ‘कालीकाली’ एल्बम विमोचन

भोजराजका एकसाथ दुई गजल संग्रह

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला