पुस्तक प्रदर्शनीमा कथासङ्ग्रह ‘विचारको लास’ सार्वजनिक

पुस्तक प्रदर्शनीमा कथासङ्ग्रह ‘विचारको लास’ सार्वजनिक

काठमाडौँ । कथाकार धु्रव सापकोटाको कथासङ्ग्रह ‘विचारको लास’को भृकुटी मण्डपमा सञ्चालित २२औँ नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा एक कार्यक्रमबिच लोकार्पण गरिएको छ । साहित्यकार नगेन्द्रराज शर्माद्वारा विमोचित उक्त कार्यक्रममा राम लोहनी र राजकुमार बानीयाँले पुस्तकमा सङ्ग्रहित कथाहरूमाथि समीक्षा गरे । 

समीक्षक राजकुमार बानियाँले पुस्तकका कथाहरुको समीक्षा गर्दै नेपाली साहित्यका उत्कृष्ट कथाकारहरूमध्ये कथाकार धु्रव सापकोटा उत्कृष्ट दश कथाकार भित्र पर्ने बताउँदै यस विचारको लास कथासङ्ग्रहमा सङ्ग्रहित कथाहरू समसामयिक परिवेश झल्कीने तथा अनौठा र पृथक् विषयवस्तुमा आधारित रहेको बताए । कथामा संवादको माध्यमबाट पात्रलाई न्याय गर्ने र पात्रको इच्छा प्रकट गर्ने खालको कथाहरूले समाजमा लुकेर रहेका सामाजिक समस्या र विकृति विसङ्गतिहरूलाई उजागर गर्दै झट्का हान्ने खालका कथा यस सङ्ग्रहमा सङ्ग्रहित रहेको बताए  । 

त्यस्तै समीक्षक राम लोहनीले यस सङ्ग्रहमाथि समीक्षा गर्दै राजनैतिक विसङ्गतिप्रति तिखो र शसक्त प्रहार गर्ने खालका कथा रहेको यस पुस्तक कथाका पारखी र पाठकहरूले पढ्नै पर्ने उत्कृष्ट कोसेली सावित रहेको कुरा बताए । प्रतिकात्मक शीर्षक तर आकर्षक कथा रहेको यस सङ्ग्रहका कथाले समाजमा एउटा बेग्लै खालको सकारात्मक सन्देश प्रवाह गर्नसक्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै कथाकार धु्रव सापकोटाले यस सङ्ग्रहमा पछिल्लो समयमा लेखिएका कथाहरू सङ्ग्रहित गरिएको र यसले पक्कै पनि साहित्यका पाठकहरूको मन जित्ने आशा रहेको बताए । 

कवि एवम् साहित्यकार भुवनहरि सिग्देलद्वारा सञ्चालित उक्त कार्यक्रममा प्रमूख अतिथि नगेन्द्रराज शर्माले कथाकार धु्रव सापकोटा सामान्य जस्ता लाग्ने तर असामान्य र गहन कथा लेख्न सक्ने खुवी भएका कथाकार रहेको चर्चा गर्दैे सामाजिक विकृतिको व्यङ्ग्य झल्काउने कथाहरु रहेको सापकोटाको यो सातौ सङ्ग्रह बजारमा आएको र यो पढिसकेपछि पाठकले छिट्टै नै आठौँ सङ्ग्रहको प्रतिक्षा गर्ने भनाई राखे ।

  जम्मा २१ ओटा कथाहरू समावेश रहेको विचारको लास कथा सङ्ग्रह शिखा बुक्सबाट प्रकाशित र ज्ञनज्योति बुक्स पब्लिकेसनद्वारा वितरित गरिएको छ भने यसको मूल्य ३५०/– रुपैयाँ रहेको छ । 

प्रतिकृया दिनुहोस

भोजराजका एकसाथ दुई गजल संग्रह

खतिवडाको ‘डल्ली रेशम’ बजारमा

भुइँ मान्छेको आक्रोश

कविता : छोरी सम्झेर 

कविता : न्याय

गजल:यो मेरो मुटु उसैको

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला