अक्षरा अन्तर्राष्ट्रिय थियटर फेस्टिबल सुरु

अक्षरा अन्तर्राष्ट्रिय थियटर फेस्टिबल सुरु

अमरवाणी संवाददाता/काठमाडौँ । सिकाइलाई रगमञ्चसँग जोड्ने मुख्य उद्देश्यकासाथ दोस्रो काठमाडौँ अक्षर अन्तर्राष्ट्रिय थियटर फेस्टिबल सुरु भएको छ । राजधानीको काँडाघारीस्थित अक्षरा स्कुलले आयोजना गरेको महोत्वसको प्रा.डा. अभि सुवेदीले उद्घाटन गरे । महोत्सव चार दिनसम्म चल्नेछ । 

महोत्वसमा विश्वका १० देशका बालबालिका र बालबालिकासग सम्बन्धित संस्थाको सहभागिता रहेको छ । अक्षरा स्कुलको अभि थियटरमा भएको फेस्टिबलको पहिलो शो नेपालको तर्फबाट अक्षरा स्कुलका विद्यार्थीले ‘व्युटि इज अ विस्ट’ शीर्षकमा नाटक प्रस्तुत गरे । दोस्रो शो बंगलादेशका बालबालिकाले फ्लोर अफ द सोल नाटक प्रस्तुत गरे । त्यहाको अनिसन विक्रोमपुर थियटरका बालबालिकाले नाटक प्रस्तुत गरेका थिए । अक्षरा स्कुलले प्रा.डा.सुवेदीको नाममा यो थियटर स्थापना गरेको हो । 

थियटरको उद्घाटन गर्दै प्राध्यापक सुवेदीले शैक्षिक प्रणालीमा उर्जा थप्ने प्रतिक्रिया दिए । ‘शिक्षामा उर्जा थप्ने हो भने नाटक संस्कृति विकास गर्नै पर्छ,’ उनले भने ‘शिक्षाको नाममा ठग्ने हो भने अर्के कुरा । । नठगी शिक्षा दिने हो भने थियटर कल्चर हुनै पर्छ । बालबालिकामा मानवता सिकाउन थियटर चाहिन्छ । तर यहा भाषण गर्ने थियटर छन् । गाली गर्ने थियटर छन् । तर शिक्षाको लागि थियटर छैनन् । बालबालिकाको लागि थियटर छैनन् । बालबालिकाको लागि थियटरको कन्सेप्ट ल्याएर स्कुलले उदाहरणीय काम गरेको छ ।’ महोत्सवमा बंगलादेश, भारत, पाकिस्तान, डेनमार्क, जर्मनी, रसिया, इन्डोनेशिया, श्रीलंका, स्विजरल्याण्ड गरी दश देशको सहभागीता छ । 

स्कुलकी प्रिन्सिपल अन्जु भट्टराइले क्रस कल्चर एक्स्चेन्चको अवधारणा अनुसार यो महोत्सव आयोजना गरेको जानकारी दिइन् । स्कुलको मिसन भनेकै ग्लोबल सिसिटजन तयार गर्नै हो, उनले भनिन्,  ह्युमनलाई वृहत रूपबाट जोड्न सकियोस् भनेर यो कार्यक्रम गरिएको हो । रंगमञ्चलाई शिक्षासंग जोडियो भने सिर्जनात्मक सिकाइको अभ्यास हुन सक्छ । अन्तराष्टिय स्तरको महोत्सवले अनुभव साटा साट हुन्छ । बालबालिकाको मनोवल बढ्छ ।’ 

महोत्सवको परिकल्पना, निर्देशन रंगकर्मी टंक चौंलागाइले गरेका हुन् । यस्ता महोत्सवले अरू देशको नाटक संस्कृति नियाल्न सहयोग पुग्ने चौलागाइले बताए । महोत्सव शुरू बालबालिका, अभिभावक लगायतले काडाघारी क्षेत्रमा झाकी सहित नगर परिक्रममा गरेका थिए । झाकीमा आ आफ्नो देशको भेषभूसा प्रदर्शन गरिएको थियो । परम्परागत बाजागाजा सहित नगर परिक्रममा गरिएको थियो । 

प्रतिकृया दिनुहोस

भोजराजका एकसाथ दुई गजल संग्रह

खतिवडाको ‘डल्ली रेशम’ बजारमा

भुइँ मान्छेको आक्रोश

कविता : छोरी सम्झेर 

कविता : न्याय

गजल:यो मेरो मुटु उसैको

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला