पशुपति आर्यघाटमा कलाकार सन्तोष बानियाँको अन्त्येष्टि

पशुपति आर्यघाटमा कलाकार सन्तोष बानियाँको अन्त्येष्टि

काठमाडौँ । कलाकार सन्तोष बानियाँको अन्त्येष्टि गरिएको छ । गत आइतबार मलेसियामा झुण्डिएर आत्महत्या गरेका कलाकार बानियाँको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।  बानियाँलाई पिताले दागबत्ती दिए ।     

श्रद्धाञ्जली कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष बन्द्री पंगेनीले बानियाँको  निधनले लोकदोहोरीलाई क्षति पुगेको बताए । बानियाँले लोकदोहोरीको क्षेत्रमा पु¥याएको योगदानको चर्चा अध्यक्ष पंगेनीले गरे । 

लोकसञ्चारकर्मी नेपालका अध्यक्ष हरिबल्लभ नेपालले पछिल्लो पुस्ताको एउटा आशालाग्दो कलाकार गुमाएको बताए । कलाकार बानियाँलाई सम्झँदै अध्यक्ष नेपालले भने, ‘बानियाँ राम्रो शब्द सिर्जना गर्ने स्रष्टा हुनुहुन्थ्यो ।  अब हामीले त्यो गुमाएका छौँ । उहाँ भौतिक शरीरको रूपमा नरहे पनि उहाँको सिर्जनाले हामी सधैँ सम्झने छौँ । उहाँ अमर रहनुहुन्छ ।’ 

कलाकार पेमसागर पौडेलले शब्दको भावमा डुबेर गीत लेख्ने गीतकारको रूपमा बानियाँको स्मरण गरे । उहाँले थोरै गीतको रचना गरे पनि गुणस्तरीय गीत लेख्नुभयो पौडेलले भने, ‘समाजका विकृति विसङ्गतीकाविरूद्ध लेखेर समाजलाई सुधारको बाटोमा ल्याउने, सन्देशमुलक गीत लेख्नु भएको छ ।’ 

त्यसैगरी हाँस्य कलाकार सुसिला निरौला ‘बिम्ली’ ले कलाकार बानियाँ बहुमुखी प्रतिभाका धनी भएको बताइन् । ‘उहाँको निधनले कलाकारिता क्षेत्रमा ठूलो क्षति पुगेको छ’, कलाकार निरौलाले भनिन्, ‘ उहाँले यस्तो काम नगरेको भए हुन्थ्यो । परिवारको बारेमा पनि सोच्नुभएन ।  उहाँले ठूलो गल्ती गर्नुभयो । हामीलाई टुहुरो बनाएर जानुभयो । म एकदम दुःखी भएको छु ।’ 

अर्का कलाकार सुनिल लामिछानेले बानियाँलाई संघर्षशील कलाकारको रूपमा सम्झिए । उनले भने, ‘ सन्तोष संघर्षशील युवक, कुशल सर्जक, सबैसँग सुमधुर सम्बन्ध भएको, मित्रभाव भएको व्यक्तिको रूपमा मैले लिएको छु ।’ मौलिकतामा आधारित गीत लेख्ने र संस्कृति संरक्षणमा उहाँको योगदानलाई हामीले भुल्ने छैनौँ कलाकार लामिछानेले भने । 

सञ्चारकर्मी चन्द्रमणि गौतम, कलाकार पुस्कल शर्मा, शहदेव कोइराला, सुजन परियार लगायतका कलाकारहरू, शुभेच्छुक र आफन्तहरूले पशुपति आर्यघाट पुगेर बानियँलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । 

गोरखा स्थायी घर भई रोजगारीको शिलशिलामा मलेसिया पुगेका बानियाँ सामाजिक सञ्जाल फेसबुकमा स्टाटर लेखेर आत्महत्या गरेका थिए ।  शनिबार उनको नयाँ गीत ‘विरह’ सार्जजनिक भएको थियो । यसअघि उनको सिर्जनामा ‘साथी बनेर’, ओइलिएको फूललाई शिरमा’, ‘टुहुरी’, ‘मेरो पालो कैले’ जस्ता गीतहरू बजारमा आएका थिए ।  

 

 

 

शब्द,तस्बिर : रमेश दवाडी/ अमरवाणी 

 

प्रतिकृया दिनुहोस

मैले त मन्त्र पढे तिम्रै नामको तीज

कविता : ऐनामा अनुहार 

रमिला र खुमनको तीज गीत 'भुरुरु उडेको

भिखारीको ‘समुद्र साउती’ बजारमा

पत्रकार न्यौपानेको 'स्कुल बेच्ने बालक'

पाँडे र पौडेल ‘माइला’को संयुक्त हाइकुसङ्ग्रह

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि