शिशिरको ‘सुगन्ध’ सार्वजनिक

शिशिरको ‘सुगन्ध’ सार्वजनिक

अमरवाणी संवाददाता/काठमाडौँ ।  शान्त शिशिरको नयाँ लोकदोहोरी गीत ‘सुगन्ध’ सार्वजनिक गरिएको छ । मालती डिजिटल प्रा.लिको प्रस्तुतिमा म्युजिक नेपालको युट्युव च्यानलबाट उक्त गीत शुक्रबार सार्वजनिक गरिएको हो ।  

मायाप्रेमको भाव समेटिएको गीतमा चर्चित लोकदोहोरी गायिका विष्णु माझी र सर्जक स्वयम् राम शिशिर सुनुवारले स्वर दिएका छन् ।  गीतको लय पनि शिशिरकै रहेको छ ।  

भिडियोसहित बजारमा आएको गीतमा विमल अधिकारी, साया भण्डारी र शान्त शिशिरले अभिनय गरेका छन् । चर्चित निर्देशक कपिल लामाले निर्देशन गरेको भिडियोलाई राजेश घिमिरेले खिचेको हुन् ।

गत वर्ष सार्वजनिक भएको अडियोको यो वर्ष भिडियो तयार पारेको सर्जक शान्त शिशिरले जानकारी दिए । उक्त गीतको अडियो गत चैत ३० गते सम्पन्न छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्डका विभिन्न विधामा मनोनयनमा समेत परेको थियो । गीतबाट शिशिरले ‘अप्रिसियसन अवार्ड’ प्राप्त गरेका थिए । 

यसै गीतबाट गायकको छवि बनाउनेक्रममा रहेका शिशिरले विष्णु माझीसँग मिलेर गीत गाउन पाउँदा खुसी भएको बताए । उनले गीतलाई दर्शक÷स्रोताले मन पराउने आशा व्यक्त गरेका छन् ।  

 

भिडियो हेर्नुहोस् 

 

https://www.youtube.com/watch?v=biKaGVhIfdc

प्रतिकृया दिनुहोस

झमकको जीवनीमा आधारित फिल्म ‘जीवन

नारायण गोपाल २८ औं स्मृति दिवस

बाख्रा चराउन जाँदा... (कथा)

सिन्धुका कलाकर्मी संगठित

दुर्गाको ‘कालीकाली’ एल्बम विमोचन

भोजराजका एकसाथ दुई गजल संग्रह

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला