गीतकार डा.ज्ञवालीको ‘आशय’ एल्बम सार्वजनिक 

 गीतकार डा.ज्ञवालीको ‘आशय’ एल्बम सार्वजनिक 

अमरवाणी संवाददाता/काठमाडौँ । राष्ट्रिय जागरणको भाव समेटिएको गीति एल्वम ‘आशय’ विमोचन गरिएको छ । राजधानीमा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरद्वारा आयोजित कार्यक्रममा गीतकार डा.रामप्रसाद ज्ञवालीद्वारा रचित र दामोदर अधिकारीको गायन तथा संगीत रहेको उक्त एल्वम परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, जनवादी गायकहरू जीवन शर्मा, रामेश श्रेष्ठ, जेवी टुहुरे, नन्दकृष्ण जोशी, साहित्यकार देवी नेपाल लगायतले विमोचन गरेका हुन् ।

कार्यक्रमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले साँस्कृतिक समृद्धिका निम्ति बलियो आत्मविश्वासको खाँचो रहेको बताउँदै भने, ‘देशले कोल्टेफेर्न लागेको यस अवस्थामा हामीलाई बलियो आत्मविश्वासको खाँचो छ । त्यही आत्मविश्वास गीतमा छ ।’ मन्त्री ज्ञवालीले सांस्कृतिक चेतनामाथि प्रहार भएको पनि वताए ।

मन्त्री ज्ञवालीले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई रूपान्तरण गर्न जरुरी रहेको बताउँदै नयाँ सरकारले रूपान्तरणको कार्य अगाडि बढाउने बताए । उनले जीवनवादी गीत प्रसारण गर्न रेडियो नेपाल र नेपाल टेलिभिजनमा पहल गर्ने बताए ।

सांगीतिक प्रस्तुतिसहितको उक्त कार्यक्रमा बोल्दै साहित्यकार तथा समालोचक डा. देवी नेपालले गीतकार डा। ज्ञवालीको प्राज्ञिक व्यक्तित्वको चर्चा गरे । युगको माग अनुसार डा।ज्ञवालीले साहित्य रचना गर्ने गरेको वताए । उनले ‘आशय’ एल्वमा समावेश गीतले देशको माटो बोलेको बताए । राज्यलाई खबरदारी सँगसँगै राम्रा पक्षका कुरा पनि साहित्यमा लेख्नुपर्ने डा.नेपालको भनाई थियो । 

त्यसैगरी एल्वममाथि टिप्पणी गर्दै जनवादी गायक जीवन शर्माले शब्द छनोटको प्रशंसा गरे । उनले भने, ‘गीत सुन्दै जाँदा शब्दको उचाई थाहा पाउन सकिन्छ ।’ देश र जनताको लागि सुन्दर गीतको रचना गरिएको गायक शर्माले बताए ।

नयाँ पुस्तामा जनवादी गायकको अभाव खड्कीरहेको अवस्थामा दामोदर अधिकारी उदाएकोमा खुसी व्यक्त गरे । शब्दरस र संगीतरसबिचको संगम गीतमा राम्रो रहेको बताउँदै गायक शर्माले रामप्रसाद ज्ञवालीका शब्दमा गीत गाउनु भनेको फलामको च्युरा चपाए सरह भएको बताए । उनले भने, ‘ रामप्रसाद ज्ञवालीका शब्दलाई गीत बनाउनु भनेको फलामको च्यूरा चपाए सरह हो । दामोदरले बनाउनुभएकोमा बधाई छ । ’ सञ्चारमाध्यमले राष्ट्रका लागि हितकार गीतभन्दा छाडा गीतहरू बजाएको आरोप लगाए ।

अर्का जनवादी गायक रामेश श्रेष्ठले पनि जीवन शर्माको बोलीलाई समर्थन गर्दै रेडियो नेपाल र नेपाल टेलिभिजनले जनवादी गीतहरू बजाउनै छाडेको बताए । जनताले तिरेको करले सञ्चालन भएको मिडियाले जनताकै आवाज नसुनेको गायक श्रेष्ठको भनाई थियो । तस्बिरःरमेश दवाडी/अमरवाणी

प्रतिकृया दिनुहोस

भोजराजका एकसाथ दुई गजल संग्रह

खतिवडाको ‘डल्ली रेशम’ बजारमा

भुइँ मान्छेको आक्रोश

कविता : छोरी सम्झेर 

कविता : न्याय

गजल:यो मेरो मुटु उसैको

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला