नयाँ गीत लिएर बानियाँ 

काठमाडौँ । गीतकार सन्तोष बानियाँको परिकल्पना तथा शब्द सिर्जनामा नयाँ गीत सार्वजनिक गरिएको छ । शुक्रबार ग्यालरी नेपाल युट्युव च्यानलबाट ‘मेरो पालो कैले..?’ बोलको गीत सार्वजनिक गरिएको हो ।

 राजकुमार बानियाँको संगीत, पूर्णकला विसी र मनोज बिकको स्वर उक्त गीतमा रहेको छ । हाँस्यकलाकार यादव देवकोटा ‘सरापे’ र सविना पन्तको अभिनय गीतमा देख्न सकिन्छ । काजिस श्रेष्ठले निर्देशन गरेको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका हुन् ।

गीतमा कलाभित्रको विकृति/विसङ्गतीलाई जोडदारका साथ उठाइएको शब्द संकलक सन्तोष बानियाँले अमरवाणीलाई जानकारी दिए । 

अरूले सिर्जना गरेको शब्द तथा संगीत चोरी तोडमोड गरेर गीत बनाउने र पैसाको बलमा जर्वरजस्ती नायक नायिका बन्नेहरूको बिगबिगीले गर्दा वास्तविक स्रष्टा मारमा परेको बानियाँको भनाई छ । यस्तै किसिमको कथावस्तु समावेश गरेर गीत बनाइएको उनले बताए ।   

भिडियो हेर्नुहोस् । 

https://www.youtube.com/watch?v=dEwc7MkI3nM

प्रतिकृया दिनुहोस

‘द सुपर मम’ छनोटमा धाँधली

३८ वर्षमा टेकेकी सनी लियोनलाई श्रीमानले

उर्जा साहित्य र मोफसलको बल ...

पशुपति शर्माको नयाँ गीत ‘हजुर हाम्रै

असारमा नृत्य प्रशिक्षण कार्यशाला

अम्बिकादेवी ओली पत्रकारिता पुरस्कार

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला