नव गीतकार उप्रेतीको आधुनिक गीत सार्वजनिक

नव गीतकार उप्रेतीको आधुनिक गीत सार्वजनिक

अमरवाणी संवाददाता/काठमाडौँ । भूपाल उप्रेती गीतकार बनेर नेपाली सांगीतिक आकाशमा उदाएका छन् । सानै उमेरदेखि गीत संगीतमा विशेष चासो राख्ने उप्रेतीलाई आफ्ना शब्द सिर्जना पनि गीतको रूपमा रेडियो, टेलिभिजनमा बजोस् भन्ने चाहना हुन्थ्यो । यस किसिमको उनको चाहना बल्ल पूरा भएको छ । उनले नयाँ वर्ष २०७५ को अवसर पारेर नयाँ गीत सार्वजनिक गरेका छन् । उनले ‘नत भुलेर गयौ नत छोडेर गयौ’ भन्ने बोलको आधुनिक गीत सामाजिक सञ्जालमार्फत् शनिबार सार्वजनिक  गरेका हुन् । उनको गीतमा शृङ्गार र करुण  रसको संयोजन पाइन्छ ।

शशीविक्रम थापाको संगीत रहेको उक्त गीतमा मनोजराजले स्वर दिएका छन् । अकास्टिक रेकडिङ्ग स्टुडियोले उप्रेतीका शब्द रेकर्ड गराएको हो । गीत अहिले अडियोको रूपमा सार्वजनिक गराइएको छ ।  भिडियोका लागि सुटिङ जारी रहेको गीतकार उप्रेतीले  अमरवाणीलाई जानकारी दिए । गीतबाट प्राप्त रकम श्री कालिस्थान माध्यामिक विद्यालयलाई सहयोगार्थ उपलब्ध गराउने उप्रेतीको भनाई छ ।  

प्रतिकृया दिनुहोस

भोजराजका एकसाथ दुई गजल संग्रह

खतिवडाको ‘डल्ली रेशम’ बजारमा

भुइँ मान्छेको आक्रोश

कविता : छोरी सम्झेर 

कविता : न्याय

गजल:यो मेरो मुटु उसैको

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला