रामचन्द्र दाहालको संस्मरण ‘हाँडीघोप्टे’ सार्वजनिक

रामचन्द्र दाहालको संस्मरण ‘हाँडीघोप्टे’ सार्वजनिक

अमरवाणी संवाददाता/काठमाडौँ । साहित्यकार रामचन्द्र दाहालद्वारा लिखित सिंगो संस्मरण ‘हाँडीघोप्टे’ लोकार्पण गरिएको छ ।  राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा शनिबार वरिष्ठ छन्दकवि रमेश खकुरेलको प्रमुख आतिथ्यमा कवि तथा साहित्यकार भुवनहरि सिग्देल, प्रा.डा. माधव पोखरेल, कवि तथा समीक्षक मित्रलाल पंगेनी र शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेले संयुक्त रूपमा उक्त पुस्तकको लोकार्पण गरेका हुन् । 

वरिष्ठ कवि रमेश खकुरेलले हाँडीघोप्टेलाई आफ्नै आँखाले बारम्बार सडकमा देखेको अद्भुत पात्र रूपमा लिंदै भावी पुस्ताका लागि यो पुस्तक प्रेरणाको स्रोत हुने बताए । 

कार्यक्रममा कवि तथा साहित्यकार भुवनहरि सिग्देलले रचना गर्वको बारेमा बोल्दै ६ सय पृष्ठको संस्मरण भित्रको हाँडीघोप्टे खण्ड मात्र यस पुस्तकमा समावेश गरिएको बताए । यस्ता हाँडीघोप्टेहरूको यथार्थ जीवन बुभ्mन घरमा बसेर होइन सडकमै सुतेर मात्र थाहा पाइन्छ भन्ने कुरा लेखक स्वयम् दुई वर्षसम्म भानुभक्तको सालिकमुनि रात बिताएर गरिएको अनुभवको संगालो भएको बताए । 

त्यस्तै पुस्तकका बारेमा समीक्षा गर्दै वरिष्ठ निबन्धकार तथा भाषाशात्री प्रा.डा. माधवप्रसाद पोखरेलले यो पुस्तक कलमको मसिभन्दा बढि लेखकको आँसुले लेखिएको भन्दै उनले पुस्तकका अंश घरपरिवारका माझमा बसेर पढ्दा म आफैँ भावविह्वल भएर पढ्नै नसकेको सुनाए ।  यस्ता पात्र इतिहासबाट ओझेलमा पर्छन् पोखरेलले भने, रामचन्द्र दाहाल जस्ता व्यक्तिले त्यसलाई आख्यानीकरण गरेर समाजसमक्ष ल्याइदिए भने यो जिउँदो इतिहास लोकले पनि थाहा पाउने छ । ’ 

त्यस्तै अर्का समीक्षक मित्रलाल पंगेनीले रामचन्द्र दाहालद्वारा लिखित हाँडीघोप्टे चरम दुःख र जीवन संघर्षको सजीव चित्रण भएको बताए । यसका अंशले जीवन बोध गर्ने  पाठकलाई ठाउँ–ठाउँमा रुवाउने छ र यति विस्मयकारी, कथामा पनि नभेटिने, उपन्यास र फिल्ममा पनि नदेखिने घटना–परिघटनाहरू पढ्दा आङ् नै जिरिङ्ग हुन्छ उनले भने, सडक बालबालिका र सडकमा बौलाएर हिँडेका व्यक्तिहरूको यथार्थ जीवन बुभ्mन चाहने पाठकका लागि हाँडीघोप्टे महत्वपूर्ण कृति हो ।’

लेखकका तर्फबाट मन्तव्य व्यक्त गर्दै रामचन्द्र दाहालले भने, २०३५ सालदेखि मैले भोगे–देखेका घटनाहरू टिपोर्ट गरिरहेको थिएँ । यतिखेर आएर पुस्तकका रूपमा हाँडीघोप्टे प्रस्तुत गर्न पाउँदा टंटलापुर घाममा भारिले थिचिएर हिंडेको भरियाले देउरालीको शीतलमा  भारी बिसाउँदा जुन आनन्द प्राप्त गर्छ त्यस्तै सन्तोष र आनन्द प्राप्त भएको छ ।’ 

उक्त संस्मरण ‘हाँडीघोप्टे’ शिखा बुक्सले प्रकाशन गरेको हो । जसको मूल्य रु ३००/-  रहेको छ । पुस्तकको सुन्दर आवरण डिजाइन सन्तोषकुमार दाहालले गरेका हुन् । 

प्रतिकृया दिनुहोस

झमकको जीवनीमा आधारित फिल्म ‘जीवन

नारायण गोपाल २८ औं स्मृति दिवस

बाख्रा चराउन जाँदा... (कथा)

सिन्धुका कलाकर्मी संगठित

दुर्गाको ‘कालीकाली’ एल्बम विमोचन

भोजराजका एकसाथ दुई गजल संग्रह

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला