मैनाली कथा पुरस्कार प्रदान 

मैनाली कथा पुरस्कार प्रदान 

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा साहित्यिक पत्रकार संघले छत्तीसौं कथा दिवस समारोहको आयोजना  गरेको छ। आधुनिक नेपाली कथाको प्रवर्तक गुरुप्रसाद मैनालीको नाममा रु एक लाख एक हजार राशिसहितको स्थापित मैनाली कथा पुरस्कार वरिष्ठ कलाकार राजेन्द्र विमललाई प्रदान गरिएको छ।  त्यसैगरी मैनाली कथा सम्मानबाट वरिष्ठ आख्यानकार लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरिएको छ।

साहित्यिक पत्रकार संघका अध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती प्रमुख अतिथिको रूपमा रहेका थिए ।  उक्त कार्यक्रममा लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले लघुकथा वाचनको संयोजन गरेका थिए ।  किशोर पहाडी अर्थभूत, श्रीओम श्रेष्ठ रोदन एक्लै एक्लो , तुलसीहरि कोइराला बाथरुम सजावट ,सुमन सौरभ पीडा , डा. पुष्करराज भट्ट आजको तस्बिर , मन्दिरा मधुश्री नाता, राधा कार्की परिचय, सुमन वर्षा चिडियाखाना र श्रीराम राईले खरानीको रङ शीर्षकको लघुकथा वाचन गरेका थिए । 

कार्यक्रममा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द , पूर्व मन्त्री आरके मैनाली , प्राज्ञ मातृका पोखरेल, दामोदर पुडासैनी , डा. शान्तिमाया गिरी र महासचिव पुष्पा खनालले मनतव्य राखेका थिए ।  कार्यक्रममा वरिष्ठ साहित्यकार माया ठकुरी , मदन पुरस्कार विजेता नियात्राकार युवराज नयाँघरे, हिरण्यकुमारी पाठक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

झमकको जीवनीमा आधारित फिल्म ‘जीवन

नारायण गोपाल २८ औं स्मृति दिवस

बाख्रा चराउन जाँदा... (कथा)

सिन्धुका कलाकर्मी संगठित

दुर्गाको ‘कालीकाली’ एल्बम विमोचन

भोजराजका एकसाथ दुई गजल संग्रह

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला