पन्ध्रौं वाइ वाइ नेशनल एजुकेशन अवार्ड वितरण

          पन्ध्रौं वाइ वाइ नेशनल एजुकेशन अवार्ड वितरण

काठमाडौं । शिक्षालय मासिक पत्रिकाले प्रदान गर्दै आएको नेशनल एजुकेशन अवार्ड विभिन्न संघ÷संस्था एवम् व्यक्तिलाई प्रदान गरिएको छ । सोमबार पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एक कार्यक्रमका बीच पुरस्कार हस्तान्तरण गरे ।  

अध्यक्ष दाहालले वेष्ट टिचर अवार्ड हनुमन्तेश्वर मा.वि. दोलखाका शिक्षक गोपालध्वज श्रेष्ठ, वेष्ट स्टुडेन्ट  अवार्डबाट कालिका मानविज्ञान मा.वि. बुटवलकी सविना सुवेदी, राइजिङ अवार्डबाट सम्बृद्धि एजुकेशन फाउण्डेशन, भक्तपुर, क्रिएटिभ कलेज अवार्ड एनसीसीएस पकनाजोल काठमाडौं लाई प्रदान गरे ।  

त्यसैगरी कन्ट्रिव्यूसन अवार्डबाट शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीइ नेपाल), एजुकेशन जर्नालिष्ट अवार्डबाट नेपाल टेलिभिजनका रवीचन्द्र पराजुली र कारोबार दैनिकका गोपाल संग्रौला पुरस्कृत भएका छन् भने डेडिकेशन अवार्डबाट नेपाल सरकारका सह–सचिव खगेन्द्र नेपाल तथा दाङका शिक्षासेवी मानबहादुर बुढा सम्मानित भए । 

प्रिन्सिपल अफ दि इयरबाट नाइटिङ्गेल एजुकेशन फाउण्डेशनकी रञ्जना प्रधान, गुडविल अचिभेमेन्ट अवार्डबाट नवलपरासीको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट त्यस्तै एक्सिलेन्स अवार्ड बाट ग्लोवल कलेज अफ म्यानेजमेन्ट, स्कूल अफ दि इयर बाट सामुदायिकतर्फ जनज्योति मावि सुर्खेत तथा संस्थागततर्फ न्यू होराइजन स्कुल, रुपन्देही पुरस्कृत भएका छन् ।

एजुकेशन भिजन अवार्डबाट शिक्षासेवी बालानन्द पौडेल, इन्स्पिरेसनल अवार्डबाट सांसद शान्ता चौधरी र लाइफटाइम एचिभमेन्ट अवार्डबाट कास्कीका शिक्षासेवी रत्नमान गुरुङ सम्मानित भएका छन् ।

 

 

प्रतिकृया दिनुहोस

पशुपति मित्र माध्यमिक माविका सहायक

तीन विश्वविद्यालयमा कामु उपकूलपति,सर्च

पन्ध्रौं वाइ वाइ नेशनल एजुकेशन

परम्परागत सिकाइ शैली फेर्दै डियरवाक

पशुपति मित्र माविलाई ‘शैक्षिक हव’

कक्षा १२ को नतिजा प्रकाशित,३ हजार

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला