पारु तिवारी/काठमाडौं । पठनपाठनको परम्परागत शैली । शिक्षक पाठ पढ्ने । विद्यार्थी सुन्ने । अनि विद्यार्थीले भ्याइनभ्याई शिक्षकले भनेका बुँदा टिपोट गर्ने । तर, काठमाडौंस्थित डियरवाक सिफल स्कूलले भने यस्तो परम्परागत सिकाइको विकल्पमा भिडियो लर्निङ विधि अघि सार्दै आएको छ ।
विद्यालय अन्तर्गतको डियरवाक लर्निङ सेन्टरले कक्षामा पढाउने पाठको भिडियो बनाएर विद्यार्थी माझ प्रस्तुत गर्ने गर्छ । साथै भिडियो लेक्चर्स इन्टरनेट,मोबाइल एप र अफलाइन लगायतका माध्यमबाट पनि विद्यार्थीले प्रयोग गर्न सक्छन् । सेन्टरले उत्पादन गरेका सामाग्री अन्य विद्यालयले समेत प्रयोग गर्दै आएको डियरवाक लार्निङ सेन्टरका परियोजना प्रमुख हितेश कार्कीले जानकारी दिए ।
उपयुक्त शैक्षिक सामग्रीको अभावले विद्यार्थी सिकाइबाट वञ्चित भएकाले भिडियो लेक्चर कलेक्सन आवश्यक ठानिएको उनको भनाइ छ । डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी अन्तर्गत लर्निङ सेन्टर एक अनलाइन शैक्षिक सामग्री विकासमा केन्द्रित प्रयोगशाला हो ।
प्रोजेक्ट निर्देशक कार्कीका अनुसार संस्थाले हालसम्म कक्षा ४ देखि १० सम्मका अनिवार्य अंग्रेजी,नेपाली,गणित र विज्ञान विषयलाई समेटेर १७ सयभन्दा बढी भिडियो लेक्चर्स उत्पादन गरिसकेको छ । ग्रामीण क्षेत्रका सरकारी विद्यालयको पठनपाठन प्रभावकारी बनाउने उद्देश्य आफूहरूले निःशुल्क भिडियो लेक्चर सामग्री वितरण गर्दै आएको कार्कीको भनाइ छ ।
अर्को वर्षबाट कक्षा १–३ सम्म र कक्षा ११ र १२ मा अध्ययन गरिने विषयको भिडियो लेक्चर्स उत्पादन गर्ने योजना सेन्टरको रहेको छ ।
प्रकाशित २२ साउन २0७६ , बुधबार | 2019-08-07 12:56:26
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार