परम्परागत सिकाइ शैली फेर्दै डियरवाक लर्निङ सेन्टर

          परम्परागत सिकाइ शैली फेर्दै डियरवाक लर्निङ सेन्टर

पारु तिवारी/काठमाडौं । पठनपाठनको परम्परागत शैली । शिक्षक पाठ पढ्ने । विद्यार्थी सुन्ने । अनि विद्यार्थीले भ्याइनभ्याई शिक्षकले भनेका बुँदा टिपोट गर्ने । तर, काठमाडौंस्थित डियरवाक सिफल स्कूलले भने यस्तो परम्परागत सिकाइको विकल्पमा भिडियो लर्निङ विधि अघि सार्दै आएको छ ।

 विद्यालय अन्तर्गतको डियरवाक लर्निङ सेन्टरले कक्षामा पढाउने पाठको भिडियो बनाएर विद्यार्थी माझ प्रस्तुत गर्ने गर्छ । साथै  भिडियो लेक्चर्स इन्टरनेट,मोबाइल एप र अफलाइन लगायतका माध्यमबाट पनि विद्यार्थीले प्रयोग गर्न सक्छन् । सेन्टरले उत्पादन गरेका सामाग्री अन्य विद्यालयले समेत प्रयोग गर्दै आएको डियरवाक लार्निङ सेन्टरका परियोजना प्रमुख हितेश कार्कीले जानकारी दिए ।

उपयुक्त शैक्षिक सामग्रीको अभावले विद्यार्थी सिकाइबाट वञ्चित भएकाले भिडियो लेक्चर कलेक्सन आवश्यक ठानिएको उनको भनाइ छ । डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी अन्तर्गत लर्निङ सेन्टर एक अनलाइन शैक्षिक सामग्री विकासमा केन्द्रित प्रयोगशाला हो ।

प्रोजेक्ट निर्देशक कार्कीका अनुसार संस्थाले हालसम्म कक्षा ४ देखि १० सम्मका अनिवार्य अंग्रेजी,नेपाली,गणित र विज्ञान विषयलाई समेटेर १७ सयभन्दा बढी भिडियो लेक्चर्स उत्पादन गरिसकेको छ । ग्रामीण क्षेत्रका सरकारी विद्यालयको पठनपाठन प्रभावकारी बनाउने उद्देश्य आफूहरूले निःशुल्क भिडियो लेक्चर सामग्री वितरण गर्दै आएको कार्कीको भनाइ छ ।  

अर्को वर्षबाट कक्षा १–३ सम्म र कक्षा ११ र १२ मा अध्ययन गरिने विषयको भिडियो लेक्चर्स उत्पादन गर्ने योजना सेन्टरको रहेको छ ।

 

प्रतिकृया दिनुहोस

पशुपति मित्र माध्यमिक माविका सहायक

तीन विश्वविद्यालयमा कामु उपकूलपति,सर्च

पन्ध्रौं वाइ वाइ नेशनल एजुकेशन

परम्परागत सिकाइ शैली फेर्दै डियरवाक

पशुपति मित्र माविलाई ‘शैक्षिक हव’

कक्षा १२ को नतिजा प्रकाशित,३ हजार

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला