पशुपति मित्र माविलाई ‘शैक्षिक हव’ बनाइने

   पशुपति मित्र माविलाई ‘शैक्षिक हव’ बनाइने

काठमाडौं । पशुपति मित्र माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम फरक शैलीमा सञ्चालन गरेको छ । बुधबार सम्पन्न कार्यक्रममा शिक्षक,विद्यार्थी,व्यवस्थापन समितिका प्रतिनिधि र अभिभावकलाई बोलाइएको थियो ।

कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष तथा सोही विद्यालयका पूर्व विद्यार्थी शुद्ध डंगोलले यस विद्यालयलाई ‘शैक्षिक हव’का रुपमा विकास गर्न वडाकोतर्फबाट सम्पूर्ण सहयोग हुने वचन दिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम केसीले यो विद्यालयले नेतृत्व परिवर्तनपछिको छोटो अवधिमा उल्लेख्य भौतिक तथा शैक्षिक प्रगति गरेको भन्दै आगामी दिनमा पनि विद्यालयले उत्कृष्ट शैक्षिक कार्यक्रम सञ्चालन गर्दै जाने बताए ।

विद्यालयका प्रधानाध्यापक घनश्यामराज काफ्लेले विद्यालयमा हाल व्यवस्थापन,मानविकी र शिक्षा विषयमा कक्षा सञ्चालन भइरहेको जानकारी दिँदै अर्को शैक्षिक सत्रबाट कानुन, सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ जस्ता प्राविधिक विषय थप्ने तयारी रहेको बताए । साथै सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिने प्रतिवद्धता मात्र नभई त्यसलाई व्यवहारमै उतार्न आफूहरू लागि परेको उनको भनाइ छ ।

कार्यक्रमा व्यवस्थापन समितिका पूर्व अध्यक्ष उद्धव बडालले विद्यालयको भौतिक पूर्वाधार मजबुत बन्दै गएकाले अब गुणस्तरीय पठनपाठन तर्फ ध्यान दिनु जरुरी रहेको बताए । वाल व्यावसायी माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम भण्डारीले सामुदायिक विद्यालयहरू केही वर्ष यता शसक्त बन्दै गएको बताए ।

       

प्रतिकृया दिनुहोस

पशुपति मित्र माध्यमिक माविका सहायक

तीन विश्वविद्यालयमा कामु उपकूलपति,सर्च

पन्ध्रौं वाइ वाइ नेशनल एजुकेशन

परम्परागत सिकाइ शैली फेर्दै डियरवाक

पशुपति मित्र माविलाई ‘शैक्षिक हव’

कक्षा १२ को नतिजा प्रकाशित,३ हजार

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला