इ–लर्निङका लागि म्याक्स कनेक्टको स्मार्टर एप

   इ–लर्निङका लागि म्याक्स कनेक्टको स्मार्टर एप

काठमाडौं । म्याक्स कनेक्टले स्कूल तहका विद्यार्थीलाई लक्षित गरेर ‘स्मार्टर’ नामक मोबाइल एप ल्याएका छ । पछिल्लो समय डिजिटल सिकाइतर्फ आकर्षण बढ्दै गएपछि कम्पनीले यस्तो एप बजारमा ल्याएको हो ।

एप कक्षा ४ देखि ९ सम्मका विद्यार्थीलाई लक्षित गरेर ल्याइएको कम्पनीले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । ‘तत्कालका लागि विद्यार्थीले अडियो भिजुअल माध्यमबाट गणित र विज्ञान अध्ययन गर्न सक्छन्’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत जीत राघवले भने ।

कम्पनीले क्यास, अनलाइन माध्यम, बैंकिङ सिस्टम,खल्ती, ई–सेवा आदिको प्रयोग गरेर एप किन्न सकिने बताएका छ । नेपालबाहिरबाट पेपाल प्रयोग गरेर स्मार्टर खरिद गर्न सकिन्छ । स्मार्टरमा अन्य विषय पनि थप्दै लैजाने योजना रहेको राघवले बताए ।

प्रविधिको अधिकतम उपयोग मार्फत पेपरलेसतर्फ जाने सोच अनुरुप एप ल्याएको छ । कम्पनीले स्मार्टरको वार्षिक शुल्क रु. ५ हजार तोकेको छ । म्याक्स कनेक्टका देशभरिका डिलर मार्फत हरेक स्कुलसम्म पुग्ने योजना रहेको कम्पनीले जनाएको छ ।

स्कुलले प्रयोग गरिरहेको एपमै स्मार्टर इन्टिग्रेट गरेर पनि प्रयोग गर्न सकिन्छ भने गुगल प्ले स्टोरबाट स्मार्टर एप डाउनलोड गरेर पनि प्रयोग गर्न सक्छन् । यो सामाग्री बच्चाका लागि हो भने अभिभावकले  बालबालिकालाई के के पढाउने भनेर निर्णय गर्न सक्छन् ।

म्याक्स कनेक्ट टिमले यस अघि ‘म्याक्स कनेक्ट इआरपी’ मोबाइल एपमार्फत नेपाल र भारतका ४ सयभन्दा वढी स्कुलका २ लाख  वढी विधार्थीलाई आवद्ध गराई सेवा दिइरहेको छ । जसले विद्यार्र्थी शिक्षक, अभिभावकलाई एकै एपबाट सेवा प्रदान गर्दै आएका म्याक्स कनेक्टले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

पशुपति मित्र माध्यमिक माविका सहायक

तीन विश्वविद्यालयमा कामु उपकूलपति,सर्च

पन्ध्रौं वाइ वाइ नेशनल एजुकेशन

परम्परागत सिकाइ शैली फेर्दै डियरवाक

पशुपति मित्र माविलाई ‘शैक्षिक हव’

कक्षा १२ को नतिजा प्रकाशित,३ हजार

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला