परीक्षार्थीको अंक गोप्य शाखाले थप्योःत्रिवि

      परीक्षार्थीको अंक गोप्य शाखाले थप्योःत्रिवि

काठमाडौं। त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले नौ अङ्क प्राप्त गरेका परीक्षार्थीलाई ६९ अङ्क बनाइएको स्वीकार गरेका छन् ।

संसद्को शिक्षा तथा स्वास्थ्य समिति समक्ष त्रिवि पदाधिकारीले अंक थप गरेको स्वीकार गरेका हुन् । मङ्गलबार समितिले त्रिवका पदाधिकारीसँग छलफल गरेको थियो । छलफलमा त्रिविका पदाधिकारीहरूले पद्धति खराब नभई व्यक्ति खराब हुँदा त्यस्तो घटना भएको तर्क गर्दै आफ्ना कर्मचारीको बद्मासीले गर्दा कमजोरी भएको स्वीकार गर्नुभयो ।

त्रिविका उपकुलपति प्रा.डा.तीर्थराज खनियाँले नियतले नभइ व्यक्तिगत कारण संस्थाको छवी खराब भएको जवाफ समितिमा राखेका थिए । खनियाँले भने,‘आइन्दा यी कुरामा सजग हुनेछौँ ।’

त्रिविका विद्यार्थी सुरेन्द्र कोइरालाले समाजशास्त्र, अर्थशास्त्र, ग्रामीण विकास र राजनीतिकशास्त्र विषयमा स्नातकोत्तर पूरा गरेका छन् । उनले राजनीतिकशास्त्र बाहेकका विषयमा ६० अङ्कसम्म थप्न लगाएको पाइएको छ ।

त्रिविका रजिस्टार डिल्लीराम उप्रेतीले संस्थागत त्रुटि नभई व्यक्तिगत त्रुटिका कारण यो घटना भएको बताए । अङ्क थपिदिएको आरोपमा परीक्षा नियन्त्रण कार्यालयको गोप्य शाखाका कर्मचारी पक्राउमा परेका छन् । मार्कस्लिपमा नौ अङ्क रहेको तर ट्रान्सक्रिप्टमा ६९ अङ्क देखिएपछि त्रिविले नै आन्तरिक छानविन सुरु गरेको थियो ।

छानविनपछि बदमाशी भएको प्रतिवेदन बुझाइएपछि यो घटना सार्वजनिक भएको थियो । यस विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।

 

प्रतिकृया दिनुहोस

तीन विश्वविद्यालयमा कामु उपकूलपति,सर्च

पन्ध्रौं वाइ वाइ नेशनल एजुकेशन

परम्परागत सिकाइ शैली फेर्दै डियरवाक

पशुपति मित्र माविलाई ‘शैक्षिक हव’

कक्षा १२ को नतिजा प्रकाशित,३ हजार

इ–लर्निङका लागि म्याक्स कनेक्टको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला