एसईईको ग्रेडिङ प्रणाली सन्तोषजनक भएन

          एसईईको ग्रेडिङ प्रणाली सन्तोषजनक भएन

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ग्रेडिङ प्रणाली सन्तोषजनक नभएको टिप्पणी सरोकारवालाले  गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उच्च माध्यमिक विद्यालय संघ हिसानका महासचिव तथा जेभियर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले ग्रेडले नतिजामा कुनै फरक नपारेको सुनाए । उनले ग्रेडिङले पास र फेलको अवधारणालाई नै आत्मसात गरेको सुनाए ।

सामुदायिक विद्यालयको स्तरोन्नती गर्नुपर्नेतर्फ उनले सरकारको ध्यानाकार्षण गराए । उनले भने,‘परीक्षाको बेलामा मात्रै ध्यान दिएर हुँदैन, अब परीक्षा अघि र पछिको व्यवस्थापकीय कुरामा पनि सामूदायिक विद्यालयहरुले विशेष ध्यान दिनुपर्छ ।’

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विगतमा ग्रेडिङ नहुँदा विद्यार्थीले आत्महत्या गर्ने गरेको भएपनि अहिले ग्रेडिङले त्यस्तो अवस्था नरहेको भन्दै यसलाई सुखद पक्षको रुपमा लिए । त्यस्तै, उनले कम ग्रेड ल्याउने विद्यार्थीहरु अन्ततः रोजगारीको लागि खाडी मुलुक जाने स्पष्ट पारे । शिक्षक शिक्षणको कमजोरीका कारण नतिजा सन्तोषजनक नआएको उनको आरोप छ ।

कार्यक्रममा एन–प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले पनि केन्द्रगत परीक्षा प्रणाली नै गलत रहेको टिप्पणी गरेका छन् । उनकाअनुसार यही प्रणालीका कारण प्रदेश नम्बर २ को एसईईको नजिता सन्तोषजनक आएन । सापकोटाले एसईई दिईसकेपछि र नतिजा नआउन्जेलसम्म विद्यार्थीहरु तहविहीन भएको सुनाए । उनले भने,‘यो अवधिमा विद्यार्थीहरु कुलतमा फस्ने खतरा धेरै छ । त्यसैले यो अवधिलाई ध्यान दिएर उनीहरुको तह छुट्याउनुपर्छ ।’

कार्यक्रममा प्याब्सनका सह–अध्यक्ष डिके ढुंगानाले सरकारले मुलुकको शैक्षिक प्रणालीलाई सुधार गर्नेगरि कुनै उल्लेख्य काम नै गर्न नसकेको आरोप लगाए । उनले भने,‘सरकारले शिक्षा क्षेत्रमा दशकौंदेखि काम गर्दै आएका हामीजस्तो सरोकारवालाहरुको कुरा सुन्नै चाहँदैन । अनि कसरी शिक्षा क्षेत्रको विकास र गुणस्तरीयता कायम हुन्छ ।’

कार्यक्रममा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेपालको मूल नीति राजनीति नै ध्वस्त र विकृत रहेकोले शिक्षाको अवस्था नाजुक रहेको टिप्पणी गरे । उनले भने,‘राजनीति प्रणाली सप्रियो भने नेपालको शैक्षिक प्रणाली स्वतः सुध्रिन्छ ।’

केसीले नेपालमा एसईईको कुनै सान्दर्भिकता नै नभएको  दाबी गरे । उनले भने,‘जे रोप्यौं, आज त्यही फलेको छ । शिक्षा आयोग गठन गर्दा नै गलत गरिएको छ । आसेपासेलाई मात्रै नियुक्ती गरिएको हो । त्यहीअनुसार परीणाम आउँछ । हामी राम्रो नतिजा आउने बाटोमा हिँडेकै छैनौं ।’

 

प्रतिकृया दिनुहोस

तीन विश्वविद्यालयमा कामु उपकूलपति,सर्च

पन्ध्रौं वाइ वाइ नेशनल एजुकेशन

परम्परागत सिकाइ शैली फेर्दै डियरवाक

पशुपति मित्र माविलाई ‘शैक्षिक हव’

कक्षा १२ को नतिजा प्रकाशित,३ हजार

इ–लर्निङका लागि म्याक्स कनेक्टको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला