एसईईमा सामुदायिक विद्यालयको नतिजा कमजोर

     एसईईमा सामुदायिक विद्यालयको नतिजा कमजोर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीबार प्रकाशित २०७५ सालका माध्यमिक शिक्षा परिक्षाको नतिजामा सामुदायिक विद्यालय कमजोर देखिएका छन् । परीक्षा सम्पन्न भएको ८४ औं दिनमा प्रकाशित नतिजामा निजी विद्यालयको समग्र स्तरीकृत अंक (जीपीए) राम्रो देखिएको छ ।

चार लाख ५९ हजार दुई सय ७५ विद्यार्थी सहभागी थिए। तीमध्ये तीन लाख २५ हजार तीन सय ३० (७०.८४) प्रतिशत सामुदायिक र एक लाख ३३ हजार नौ सय ४५ (२९.१६) प्रतिशतले विद्यार्थी निजी विद्यालयका छन्।

परीक्षामा १७ हजार पाँच सय ८० विद्यार्थीले सबैभन्दा उच्च समग्र स्तरीकृत अंक (जीपए) प्राप्त गरेका छन् । ३.६० देखि ४.०० सम्म ल्याउनेको जीपीए ए प्लस हुन्छ । सामुदायिक विद्यालय तर्फ यस्तो परिणामा जम्मा दुई हजार सात सय ९२ परीक्षार्थीले मात्र प्राप्त गरेका छन् । यो १५.८८ प्रतिशत मात्रै हो। निजी विद्यालयका ८४.१२ प्रतिशत अर्थात् १४ हजार सात सय ८८ जना परीक्षार्थीले ए प्लस ल्याएका छन्।

त्यस्तै ए ग्रेड ल्याउने सामुदायिक विद्यालयका विद्यार्थी पनि संस्थागत एवं निजी विद्यालयको तुलनामा कम छन् ।  कुल ५१ हजार एक सय ३७ ए ग्रेड ल्याउने परीक्षार्थीमध्ये सामुदायिक विद्यालयका ११ हजार दुई सय २३ अर्थात् २१.९४ प्रतिशत छ। जुन ए प्लस ग्रेडभन्दा ६ प्रतिशत बढी हो। निजी एवं संस्थागत विद्यालयका ७८.०६ प्रतिशत अर्थात् ३९ हजार नौ सय १४ जना परीक्षार्थीले ए ग्रेड ल्याएका छन्।

बी प्लस ग्रेड ल्याउने परीक्षार्थीतर्फ पनि सामुदायिकलाई निजीले उछिनेको छ। कुल ६३ हजार सात सय ४१ परीक्षार्थीको बी प्लस छ। सामुदायिकका ४१.३६ प्रतिशत अर्थात् २६ हजार तीन सय ६६ परीक्षार्थीले बी प्लस ल्याएका छन्। निजी विद्यालयका ५८.६४ प्रतिशत अर्थात् ३७ हजार तीन सय ७५ जनाले बी प्लस ग्रेड ल्याए।

कम जीपीए ल्याउनेमा सामुदायिकका विद्यार्थी धेरै छन् । बी, सी प्लस, सी, डी प्लस र डी ग्रेड आउने परीक्षार्थीमा सामुदायिक विद्यालयका विद्यार्थी बढी छन्। बीमा ७६ हजार पाँच सय ६४, सी प्लसमा ९८ हजार दुई सय सात, सीमा ९५ हजार तीन सय सात, डी प्लसमा ४३ हजार आठ सय ४१ र डीमा चार हजार चार सय २९ जना छन्।

सामुदायिकबाट बी ग्रेडमा ५३ हजार सात सय ३०, सी प्लस ग्रेडमा ८७ हजार चार सय ४२, सी ग्रेडमा ९० हजार चार सय ४५, डी प्लसमा ४२ हजार तीन सय ६३ र डी ग्रेडमा चार हजार दुई सय ९६ जना परीक्षार्थी छन्।

निजी विद्यालयतर्फ बी ग्रेडमा २२ हजार आठ सय ३४, सी प्लस ग्रेडमा १० हजार सात सय ६५, सी ग्रेडमा चार हजार आठ सय ६२, डी प्लसमा एक हजार चार सय ७८ र डी ग्रेडमा एक सय ३३ परीक्षार्थी छन्।

प्रतिकृया दिनुहोस

पशुपति मित्र माध्यमिक माविका सहायक

तीन विश्वविद्यालयमा कामु उपकूलपति,सर्च

पन्ध्रौं वाइ वाइ नेशनल एजुकेशन

परम्परागत सिकाइ शैली फेर्दै डियरवाक

पशुपति मित्र माविलाई ‘शैक्षिक हव’

कक्षा १२ को नतिजा प्रकाशित,३ हजार

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला