संघीय शिक्षाको जहाज बिस्तारै हाक्नोस्

            संघीय शिक्षाको जहाज बिस्तारै हाक्नोस्

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले संघीय शिक्षाको जहाज बिस्तारै–बिस्तारै हाक्न स्थानीय जनप्रतिनिधिलाई अनुरोध गरेका छन् । संघीयता अभ्यास ‘शिशु’ अवस्थामै भएकाले कतै उच्च गतिमा जहाज चलाउँदा दुर्घटना पो हुने हो कि भन्ने खतराप्रति सजग हुन उनले आग्रह गरेका छन् ।

बिहीबार स्थानीय तहमा शिक्षा अभ्यासका दुई वर्ष विषयक कार्यक्रममा सचिव कोइरालाले शिक्षाका सबै कानुन निर्माण नभइसकेकाले  सबै कार्य स्थानीय सरकारलाई गर्न असहज भएको जानकारी दिए । यसको मतलब केन्द्रले अधिकार हत्याउन खोजेको भन्ने होइन उनले भने,‘आग्रह–पूर्वाग्रहको ख्याल गर्नोस तोकिएको नियम बमोजिम काम गर्न सबै स्थानीय सरकार स्वतन्त्र छन् ।’

कार्यक्रममा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सह–सचिव हरि लम्सालले मन्त्रालयको अधिकार नियन्त्रण गर्ने कुनै मनसाय नभएको स्पष्ट पारे । उनले भने,‘शिक्षा मन्त्रालय अहिले औषधि नखाने’ बच्चा अभिभावक जस्तै पीडामा छ ।’ वास्तवमा मन्त्रालयले स्थानीय सरकारको अधिकारमा हस्तक्षेप नभइ दिशा निर्देश गर्न मात्र चाहेको हो । स्थानीय तहमा गरिएका शिक्षा अभ्यास राम्रा छन्,तर  कतै–कतै गन्व्यबारे दुविधा देखिएको लम्सालको भनाइ छ ।

 शिक्षा तथा मानवस्रोत विकास केन्द्रकाका महानिर्देशक बाबुराम पौडेलले स्थानीय तहमा शिक्षाको अभ्यासका दुई वर्षलाई आफूले उपलब्धि,चुनौती र सम्भावनाको अवसरका रुपमा हेरेको बताए । पहिलो वर्षलाई ‘टेक अप’ वर्षकै रुपमा लिनुपर्छ पौडेलले भने,‘स्थानीय स्तरमा कतिपय विद्यालयले राम्रो प्रगति हासिल गरेका छन् । तर, समग्र अवस्था त्यस्तो छैन ।’ ‘गत वर्ष ७५३ ओटा स्थानीय सरकार मध्ये १९ ओटाले मात्र केन्द्रलाई रिपोट बुझाए्, सरकारले दातासँग प्रतिवद्धता जनाएको छ, यस्तो अवस्थामा कसरी काम गर्ने ?’ उनले भने । जनशक्ति अभावले नगरपालिका र गाँउपालिकहरूले काम गर्न नसकेको आफूले अनुभव गरेको उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगमा शिक्षा हेर्ने सदस्य उषा झाले सरकारले अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुरुप लगानी गर्न नसकेको बताइन् ।  

पूर्व शिक्षा सचिव महाश्रम शर्माले पूर्व प्राथमिक तहको सिकाइ मजबुत बन्न नसकेको औंल्याए । एकले अर्कोलाई दोष दिने भन्दा सबैले उत्तरदायी ढंगले काम गरेमा शैक्षिक गुणस्तर कायम गर्न सकिने उनको भनाइ छ । शिक्षक प्रअप्रति,प्रअ व्यवस्थापन समितिप्रति र व्यवस्थापन समिति अभिभावक प्रति उत्तरदायी बन्ने हो भने शिक्षामा उपलब्धि हासिल गर्न सकिने शर्माको भनाइ थियो ।

शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले योग्य शिक्षक विना सिकाइ उपलब्धि हासिल गर्न नसकिने भएकाले त्यसतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले सरकारले निःशुल्क शिक्षाका नाममा अभिभावकलाई ठग्ने गरेको बताए । विद्यालयका दरवन्दी अनुसार शिक्षक कोटा पनि नदिने अनि गुणस्तरीय सिकाइ चाहियो भनेर कहाँबाट हुन्छ ? पयाप्त दरवन्दी दिन नसकिने भए न्यूनतम शुल्क उठाउन पाउन व्यवस्था गरिनु पर्ने उनको भनाइ छ । नगरपालिकामा ९० ओटा निजी र १८ ओटा सामुदायिक विद्यालय रहेको जानकारी दिँदै औपचारिक रुपमा पहिलो पल्ट आफूहरूले स्थानीय पाठ्यक्रम लागू गरिसकेको जानकारी उनले दिए ।

बूढानीलकण्ठ नगरपालिककाका मेयर उद्धव प्रसाद खरेलले सार्वजनिक शिक्षाको मुहार फेर्ने आफू प्रतिवद्ध रहेको भन्दै विद्यालयलाई निश्चित ‘टीओर’ दिएर शैक्षिक उपलब्धि हासिल गर्ने योजनामा नगरपालिका रहेको उनले बताए । ३ वर्ष भित्र ५० प्रतिशत नगरबासीका छोराछोरी सरकारी विद्यालयमा पढाउने आफ्नो योजना रहेको उनले बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहकार्यमा आजको शिक्षा साप्ताहिक पत्रिकाले आयोजना गरेको कार्यक्रममा सुर्य विनायक नगरपालिका उपमेयर जुना बस्नेतले अभिभावकाको चाहना बमोजिम नतिजामूखी सिकाइको पक्षमा आफूहरू अघि वढेको जानकारी दिइन् । नगरभित्र ५४ जना शिक्षक सरुवा गर्दा आफूहरूलाई निकै चुनौती भएको उनले बताइन् ।

कार्यक्रममा आजको शिक्षा साप्ताहिकका तर्फबाट पत्रकार राजन शर्माले स्थानीय तहमा शिक्षा हस्तान्तरण गरिएको दुई वर्ष अवधिमा भएका अभ्यास र समस्याबारे प्रस्तुत गरेका थिए ।    

        

प्रतिकृया दिनुहोस

पशुपति मित्र माध्यमिक माविका सहायक

तीन विश्वविद्यालयमा कामु उपकूलपति,सर्च

पन्ध्रौं वाइ वाइ नेशनल एजुकेशन

परम्परागत सिकाइ शैली फेर्दै डियरवाक

पशुपति मित्र माविलाई ‘शैक्षिक हव’

कक्षा १२ को नतिजा प्रकाशित,३ हजार

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला