स्थानीय पाठ्यक्रम संघीयताको जगः शिक्षा मन्त्री पोखरेल

       स्थानीय पाठ्यक्रम संघीयताको जगः शिक्षा मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले स्थानीय पाठ्यक्रम संघीयताको जग भएको र यसले स्थानीय पहिचानलाई जोड्ने बताएका छन् ।

आइतबार गोकर्णेश्वर नगरपालिकामा आधारभूत तह (कक्षा १– ८) को स्थानीय पाठ्यपुस्तक विमोचन गर्दै मन्त्री पोख्रेलले स्थानीय पहिचानसँग राष्ट्रिय पहिचानलाई जोड्ने काम स्थानीय पाठ्क्रमले नै गर्ने बताए ।  

बेग्लै प्रसंगमा मन्त्री पोख्रेलले शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त राख्न सकेमा शैक्षिक स्तरमा सुधार आउने बताए । सामुदायिक विद्यालयको स्तर उकास्न आफू प्रतिबद्ध रहेको भन्दै उनले शैक्षिक क्षेत्रमा निजी क्षेत्रको योगदान पनि महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा सांसद कृष्ण राईले शैक्षिक क्षेत्रको विकासपछि मात्र समृद्ध मुलुकको परिकल्पना गर्न सकिने र त्यसको थालनी स्थानीय स्तरबाटै हुनुपर्ने बताए । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले मुलुककै पहिलो पटक आफ्नो नेतृत्वको नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरी उदाहरणीय काम गरेको बताए । स्थानीय धर्म, संस्कृति तथा परम्परालाई जीवन्त राख्न स्थानीय पाठ्क्रम लागू गर्नुको विकल्प नरहेको चालिसले बताए ।

पाठ्यक्रम निर्माणमा संयोजकको भूमिका निर्वाह गर्नु भएका शिक्षाविद् कृष्णप्रसाद नेपालले केन्द्रले स्थानीय पाठ्क्रमको माग सम्बोधन गर्न नसक्ने भएकाले स्थानीय पाठ्यक्रम लागू गर्नु परेको बताए ।

कार्यक्रममा शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक बाबुराम पौडेल, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, शिक्षा शाखा प्रमुख विजयप्रसाद आचार्य, नेपाली कांग्रेस काठमाडौंका सभापति सबुजकृष्ण बाँनिया, प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, समाजसेवी दीपक सिंह भण्डारी लगायतले गोकर्णेश्वर नगरपालिकाले झैं अन्य स्थानीय निकायले पनि पाठ्यक्रम लागू गरेर स्थानीय कला, साहित्य तथा संस्कृतिको संरक्षणमा ठूलो टेवा पुग्ने बताए ।

 

प्रतिकृया दिनुहोस

पशुपति मित्र माध्यमिक माविका सहायक

तीन विश्वविद्यालयमा कामु उपकूलपति,सर्च

पन्ध्रौं वाइ वाइ नेशनल एजुकेशन

परम्परागत सिकाइ शैली फेर्दै डियरवाक

पशुपति मित्र माविलाई ‘शैक्षिक हव’

कक्षा १२ को नतिजा प्रकाशित,३ हजार

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला