राष्ट्रिय शिक्षा नीति आउँदैःशिक्षामन्त्री पोखरेल

  राष्ट्रिय शिक्षा नीति आउँदैःशिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले राष्ट्रिय शिक्षा नीति तत्काल ल्याउन लागिएको बताएका छन् । शुक्रबार शिक्षा पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा टेकेर शिक्षा नीति ल्याउन लागिएको जानकारी दिए ।

उनले भने,‘नीतिको ड्राफ्ट मन्त्रिपरिषद्मा पेश भइसकेको छ छिट्टै जारी हुन्छ ।’ शिक्षा ऐन नल्याएर किन नीति ल्याउन लागिएको हो भन्ने प्रश्नमा मन्त्री पोखरेलले भने,‘नीतिले तय गरेका विषय नै ऐनमा आउने भएकाले पहिला शिक्षा नीति ल्याउन लागिएको हो ।’

हिउँदे अधिवेनमै आफूले शिक्षा ऐन ल्याउन पहल गरेपनि त्यो सम्भव नभएको मन्त्री पोखरेलले बताए । संसदको लामो पक्रियाका कारण पनि पहिला शिक्षा नीति ल्याउन लागेको उनको भनाइ छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक नगरेको विषयमा आलोचना खेप्दै आएका मन्त्री पोखेरेलले प्रतिवेदन सार्वजनिक गर्ने/नगर्ने बारे आफूले नबोल्ने बताए ।

आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाई सकेकाले सो सार्वजनिक गर्ने/नगर्ने विषयमा आफू बोल्न नमिल्ने उनले दाबी गरे । उच्चस्तरीय शिक्षा आयोगले प्रतिवेदन बुझाएको ३ महिना बित्दा पनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन् ।

संघीय शिक्षा ऐन, शिक्षक व्यवस्थापन, विश्वविद्यालय अस्तव्यस्त भएकै कारण शिक्षा नीति ल्याउन लागिएको मन्त्री पोखरेलको भनाइ छ । ‘शिक्षा नीतिले शिक्षाका समस्यामात्र हल गर्दैन यसले शिक्षामा संस्कार नै बदल्ने अस्त्रका रुपमा काम गर्छ’, मन्त्री पोखरेलले भने,‘अहिले विश्वविद्यालमा वेथिती छ, अब त्यस्तो हुँदैन ।’ विश्वविद्यालय भागवण्डामा अब चल्न सक्दैनन्,यो विषय उच्चस्तरीय आयोगको सुझावमा पनि समेटिएको छ । मन्त्री पोखरेलले भने,‘कुन मोडालिटीमा उपकूलपति नियुक्त गर्ने भन्नेबारे छलफल हुनबाँकी छ ।’  

 

प्रतिकृया दिनुहोस

तीन विश्वविद्यालयमा कामु उपकूलपति,सर्च

पन्ध्रौं वाइ वाइ नेशनल एजुकेशन

परम्परागत सिकाइ शैली फेर्दै डियरवाक

पशुपति मित्र माविलाई ‘शैक्षिक हव’

कक्षा १२ को नतिजा प्रकाशित,३ हजार

इ–लर्निङका लागि म्याक्स कनेक्टको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला