कक्षा १२ को परीक्षा भोलिबाट, ४ लाख २८ हजार परीक्षार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा भोलिबाट, ४ लाख २८ हजार परीक्षार्थी सहभागी हुँदै

भक्तपुर । कक्षा १२ को परीक्षा भोलि (आइतबार) देखि सञ्चालन हुँदै छ । यसका लागि राष्ट्रिय परीक्षा बोर्डले तयारी पूरा गरेको बताएको छ । बोर्डले प्रश्नपत्रको सुरक्षा सीसीटिभीमार्फत गरिने व्यवस्था मिलाएको बताएको छ गर्ने छ ।  परिक्षामा बोर्डबाट सम्बन्धन प्राप्त ४ हजार १ सय ३७ विद्यालयका ४ लाख २८ हजार ५२ जना परिक्षार्थी भोलिदेखिको परीक्षामा सहभागी हुनेछन् ।  

शुक्रबार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार कक्षा १२ को साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको परीक्षा भोलिदेखि शुरु भएर बैशाख २६ गते सकिनेछ ।

त्यसैगरि कक्षा ११ को साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको परीक्षा बैशाख २९ गतेबाट शुरु भएर जेठ ८ गते सकिने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । यस्तै, बैशाख २९ गतेबाट सञ्चालन हुने कक्षा ११ मा ५ लाख ८ हजार ४ सय ९४ जना परिक्षार्थी सहभागी हुने भएका छन् ।

कक्षा ११ र १२ गरी कुल ९ लाख ३६ हजार ५ सय ६ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । जसमा छात्र ४ लाख ४२ हजार, ९ सय ९७ र छात्रा ४ लाख, ९३ हजार ५ सय ४९ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

परीक्षार्थी संख्या अनुसार सबैभन्दा कम मनाङ्ग जिल्लामा कक्षा ११ का ५१ जना र कक्षा १२ का ५९ जना परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् । सबै भन्दा धेरै काठमाडौं जिल्लाबाट कक्षा ११ का ७१ हजार ५ सय २७ र कक्षा १२ का ६२ हजार ५ सय ८८ परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् ।

नेपालभर कुल १ हजार १ सय ७ परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा प्रत्येक जिल्लामा जिल्ला परीक्षा समन्वय समिति गठन भएको तथा उक्त समितिलाई जिल्ला भरिका परीक्षा केन्द्रहरुको अनुगमन गर्ने अधिकार दिएको छ ।  यो वर्षको परीक्षामा परीक्षा हलभित्र फोटो खिच्न, अडियो, भिडियो रेकर्ड गर्न निषेध गरिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

पन्ध्रौं वाइ वाइ नेशनल एजुकेशन

परम्परागत सिकाइ शैली फेर्दै डियरवाक

पशुपति मित्र माविलाई ‘शैक्षिक हव’

कक्षा १२ को नतिजा प्रकाशित,३ हजार

इ–लर्निङका लागि म्याक्स कनेक्टको

वीरेन्द्र बहुमुखी क्याम्पसमा तोडफोड

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला