मौसमी भर्ना अभियान काम छैनःरमेश सिलवाल

  मौसमी भर्ना अभियान काम छैनःरमेश सिलवाल

काठमाडौं । उच्च माध्यमिक विद्यालय संघ नेपाल,हिसानका अध्यक्ष रमेश सिलवालले भर्ना अभियानलाई प्रभावकारी बनाउन सरकार, विद्यालय सञ्चालक र अभिभावक लाग्नुपर्ने बताएका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विद्यालय भर्ना अभियान धेरै वर्षदेखि चलिरहेकोले यसलाई मौसमी अभियान बनाउन नहुने स्पष्ट पारे । उनले भने,‘यसबारेमा राज्यले खासगरी स्थानीय निकायले धेरै ध्यान दिनुपर्छ ।’ भर्ना अभियानलाई सबैले अपनत्व लिनुपर्ने उनको भनाई छ ।  सिलवालले भर्ना अभियान प्रभावकारी बनाउनको लागि विद्यालयहरुले विद्यार्थीलाई आकर्षण गर्न सक्नुपर्नेमा पनि जोड दिए ।

नयाँ शिक्षा ऐनमा पनि केही कमजोरी भएकोले सुधार गर्न जरुरी रहेको सिलवालले बताए ।  सिलवालले साक्षरता अभियानलाई पनि खाली अक्षर र अंक चिन्ने खालको मात्रै बनाउन नहुने स्पष्ट पारे । उनले थपे,‘अक्षर र अंक मात्रै चिन्नु साक्षरता होईन् । पढाई र सिपको माध्यमले जीवनयापन गर्न सक्ने बनाउनुपर्छ । अब साक्षरताको परिभाषा बदल्नुपर्छ ।’ 

राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यालय भर्ना अभियान लामो समयदेखि चल्दै आएपनि अहिलेसम्म प्रभावकारी बनाउन नसकिएको आरोप लगाएका छन् । विद्यालय भर्ना भएकाहरुलाई टिकाउनको लागि पनि अभियान चलाउनुपर्ने उनको तर्क छ ।  सापकोटाले शिक्षालाई खण्डीकरण गर्न नहुने धारणा राखेका छन् । उनले भने,‘शिक्षालय निजी वा सार्वजनिक हुनसक्छन् । तर, शिक्षा निजी हुँदैन् । त्यसैले शिक्षालाई खण्डीकरण नगरौं ।’ शिक्षाको सिकाई उपलब्धिमूलक छ कि छैन् ? भन्नेतर्फ आजको बहस हुनुपर्नेपनि उनले जोड दिए । 

आफूहरुले मनोमानी शुल्क नलिएको पनि उनको दाबी छ । सापकोटाले स्थानीय निकायले तोकेको मापदण्डभित्र रहेर भर्ना शुल्क लिइएको दावी गरेका हुन् । वैज्ञानिक ढंगले निर्धारण गरिएको शुल्कलाई लागु गरिएको सापकोटाले बताए । नियमअनुसार १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति पनि हरेक विद्यालयले दिएको सापकोटाले बताए । 

नेपाल अभिभावक महासंघका केन्द्रीय संयोजक सुप्रभात भण्डारीले विद्यालय भर्नासँगै भर्ना भएकाहरुलाई कसरी टिकाउने भन्नेतर्फ राज्य लाग्नुपर्ने बताए । उनले शुल्क बढाउँदा वैज्ञानिक तवरले बढाउनुपर्नेमा जोड दिए । शुल्क वृद्धिको नाममा अभिभावकको ढाड सेकाउने काम र शोषण गर्ने काम गर्न नहुने उनको भनाई छ ।  शिक्षा नीति बलियो बनाउने खालको हुनुपर्ने पनि उनको धारणा छ । उनले भने,‘शिक्षा क्षेत्रमा देखिएका सबै खाले विकृति र विसंगतिहरु रोक्नुपर्छ ।’

शिक्षामा सरकारले बजेट कम विनियोजन गरेकोमा पनि उनले गुनासो पोखे । विद्यालय भर्ना अभियानकै प्रसँगमा उनले चैत्र÷बैशाखको समयलाई अभिभावकको लागि दशा र निजी विद्यालयहरुलाई दशैंको संज्ञा दिए । 

प्रतिकृया दिनुहोस

राष्ट्रिय झण्डाको किनारामा कालो रङ्ग

कृषि विश्वविद्यालको मुख्य कार्यालयमा

राष्ट्रिय शिक्षा नीति आउँदैःशिक्षामन्त्री

जेष्ठ प्राध्यापक समाजमा डा.विमलकुमार

कक्षा १२ को परीक्षा भोलिबाट, ४ लाख २८

त्रिविको बेरुजु २१ अर्बभन्दा बढी

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला