बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना अभियान जरुरीःप्रधानमन्त्री ओली

बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना अभियान जरुरीःप्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना अभियान सञ्चालन जरुरी भएको बताएका छन् । अभिभावक सचेत भएमा सबैले अ–आफ्ना बालबालिका विद्यालय पठाउने भएकाले पहिला अभिभावकलाई सचेत गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । 

बुधबार बालबालिका विद्यालय भर्ना अभियानको अवसर पारेर प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा निकट विद्यार्थी संगठनले गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त धारणा राखेका हुन् । 

‘नेपाललाई निरक्षरहरुको होइन,विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्दछ’ प्रधानमन्त्री ओलीले भने ‘हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपायोग हामीले गर्नु पर्दछ । विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन ।’

प्रधानमन्त्री ओलीले युवा र विद्यार्थीहरुले अब सिर्जनशील र समाज सुधारको काममा लाग्नका लागि कुनै अवरोध नरहेको स्पष्ट पारे । ‘अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन्’ प्रम ओलीले भने ‘ सबै युवाहरुले समाज सुधारका लागि शिक्षा,स्वास्थ्य,श्रम,सीप र उत्पादन जस्ता कुरामा ध्यान दिनु पर्दछ ।’

‘विकास र समृद्धिको महत्वपूर्ण माध्यम शिक्षा हो । हामीले समृद्धि हासिल गर्नका लागि शिक्षाको स्तर उठाउनु पर्दछ । यसका लागि तपाईंहरुको भूमिका महत्वपूर्ण हुन्छ । यसबर्ष देखि विद्यालय उमेरका कोही बालबालिका पनि विद्यालय बाहिर हुनुहुदैन’ प्रधानमन्त्री ओलीले भने ।

अन्तरक्रियालाई शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोख्रेलले सहजिकरण गरेका थिए । सरकारले सोमबार प्रत्येक वर्ष बैशाख २ गते भर्ना अभियान दिवसका रुपमा मनाउने निर्णय समेत गरेको छ । 

प्रतिकृया दिनुहोस

राष्ट्रिय झण्डाको किनारामा कालो रङ्ग

कृषि विश्वविद्यालको मुख्य कार्यालयमा

राष्ट्रिय शिक्षा नीति आउँदैःशिक्षामन्त्री

जेष्ठ प्राध्यापक समाजमा डा.विमलकुमार

कक्षा १२ को परीक्षा भोलिबाट, ४ लाख २८

त्रिविको बेरुजु २१ अर्बभन्दा बढी

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला