‘शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन एक साताभित्रै’

‘शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन एक साताभित्रै’

काठमाडौं ।  शिक्षक सेवा आयोगले आउँदो साताभित्र शिक्षण अनुमति पत्र -लाइसेन्स_को परीक्षाका लागि विज्ञापन खुल्ने जनाएको छ । आयोगले विद्यालय शिक्षाका माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तीनै तहका लागि लाइसेन्स परीक्षा लिन लागेको हो ।

२०७५ चैतभित्रै लाइसेन्सको विज्ञापन खोल्ने तयारी गरेपनि अनलाइनबाटै फारम भर्ने व्यवस्था गर्न लागिएकाले सोका लागि परीक्षण गर्दा गर्दै केही ढिलाई भएको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अबको एक साताभित्र लाइसेन्सको विज्ञापन हुन्छ । हामी अन्तिम तयारीमा छौं ।’

आयोगले परीक्षा फारम अनलाइनबाटै भर्ने व्यवस्था गर्दैछ । अहिलेसम्म परीक्षार्थी जुन जिल्लाको हो, सोही जिल्लामा गई दरखास्त दिनुपर्ने बाध्यता थियो । यसो गर्दा परीक्षार्थीले शास्ती र खर्च दुबै ब्यहोर्नु परेको छ ।

आयोगले माध्यमिक र निम्नमाध्यमिक तहका लागि विषयगत परीक्षा लिनेछ । यसका लागि नयाँ पाठ्यक्रम तयार पारेको छ ।

शिक्षक सेवा आयोगले अब वस्तुगत प्रश्नको उत्तर मेसिनबाटै परीक्षण गर्ने तयारी गर्न लागेको पनि जनाएको छ । परीक्षाको विश्वसनीयता बढाउन यसो गर्न लागिएको हो ।

अहिलेसम्म आयोगको परीक्षा दिएर करिव ७ लाख व्यक्तिसित शिक्षण लाइसेन्स भएको बताइएको छ । यीमध्ये एकैजनाले तीन तहको लाइसेन्स लिनेहरुको संख्या पनि उल्लेखनीय छ । कोही ४० वर्ष नाघेका र कतिचाहिँ अर्काे पेशामा गइसकेकाले ७ लाख जना नै शिक्षक हुन तयार जनशक्ति भने अहिले नभएको आयोगको ठम्याई छ । आजको शिक्षाबाट

 

प्रतिकृया दिनुहोस

राष्ट्रिय झण्डाको किनारामा कालो रङ्ग

कृषि विश्वविद्यालको मुख्य कार्यालयमा

राष्ट्रिय शिक्षा नीति आउँदैःशिक्षामन्त्री

जेष्ठ प्राध्यापक समाजमा डा.विमलकुमार

कक्षा १२ को परीक्षा भोलिबाट, ४ लाख २८

त्रिविको बेरुजु २१ अर्बभन्दा बढी

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला