भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीबाट रू ६ अर्ब बाहिरिने र वर्षेनी ६ करोड राजस्व गुम्ने गरेको छः महालेखा प्रतिवेदन

भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीबाट रू ६ अर्ब बाहिरिने र वर्षेनी ६ करोड राजस्व गुम्ने गरेको छः महालेखा प्रतिवेदन

काठमाडौं । भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीबाट शिक्षण शुल्कबाफत विदेशी मुद्रा सटही सुविधा दिँदा लिनुपर्ने १ प्रतिशत शिक्षा शुल्क नलिदा सरकारलाई वर्षेनी ६ करोडभन्दा बढी घाटा लाग्ने गरेको महालेखा परीक्षकको प्रतिवेदन २०७५ ले ठहर गरेको छ ।  शिक्षा क्षेत्रमा नीतिको उचित कार्यान्वयन नहुँदा उठ्नुपर्ने राजस्व गुम्दै आएको प्रतिवेदनले औंल्याएको छ ।

आर्थिक ऐन, २०७४ ले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्कबापत विदेशी मुद्राको सटही सुविधा दिँदा रकममा १ प्रतिशत शिक्षा सेवा शुल्क लिने व्यवस्था गरेको छ । तर, भारतमा अध्ययन गर्ने विद्यार्थीबाट यस्तो शुल्क नलिने गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालय र पाठ्यक्रम विकास केन्द्रको अभिलेखअनुसार एक वर्षको अवधिमा १४ हजार ४२४ जना नेपाली विद्यार्थी भारतका विभिन्न विद्यालय र विश्वविद्यालयमा कक्षा १० देखि स्नातकसम्म अध्ययन गरिरहेको तथ्यांक छ । त्यसबमोजिम ती विद्यार्थीले भारतका विद्यालय र विश्वविद्यालयमा तिरेको औसत शिक्षण शुल्कको आधारमा न्यूनतम रू. ६ अर्ब २७ करोड ५२ लाख शिक्षण शुल्क खर्च हुने महालेखाको ठहर छ ।

सो रकमको १ प्रतिशत रू. ६ करोड २७ लाख ५२ हजार राजस्व असुल नभएको ठहर गरी महालेखाले आगामी दिनमा भारतमा अध्ययन गर्ने विद्यार्थी तथा उनीहरूले भुक्तानी गरेको शिक्षण शुल्कको अभिलेख राख्ने संयन्त्रको विकास गरी राजस्व असुलीको दायरा बढाउनुपर्ने सुझाव दिएको छ ।

आर्थिक ऐन, २०७५ मा यस्ता विद्यार्थीलाई सटही सुविधा दिँदा यस्तो रकममा २ प्रतिशत शिक्षा सेवा शुल्क कायम गर्नुपर्ने उल्लेख छ । यस आधारमा शिक्षा सेवा शुल्कवापत भारतमा अध्ययन गर्न जाने विद्यार्थीबाट दोब्बर राजस्व उठ्ने देखिन्छ ।

 

प्रतिकृया दिनुहोस

पन्ध्रौं वाइ वाइ नेशनल एजुकेशन

परम्परागत सिकाइ शैली फेर्दै डियरवाक

पशुपति मित्र माविलाई ‘शैक्षिक हव’

कक्षा १२ को नतिजा प्रकाशित,३ हजार

इ–लर्निङका लागि म्याक्स कनेक्टको

वीरेन्द्र बहुमुखी क्याम्पसमा तोडफोड

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला