स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय भेला सम्पन्न

स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय भेला सम्पन्न

काठमाडौं, २६ चैत्र । ‘शिक्षण  पेशाको अभिवृद्धि राज्यको अपेक्षाकृत समृद्धि’ भन्ने मूल नाराका साथ स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ । 

मंगलबार रिपोर्टर्स क्लब नेपालमा स्थायी हकहित मञ्चले गरेको पत्रकार सम्मेलनमा बोल्दै मञ्चका केन्द्रीय संयोजक रमेशबावु भट्टराईले पहिलो राष्ट्रिय भेलाले निर्धारण गरेका १४ बुँदे मागसहित शिक्षकको पेशागत अभिवृद्धि नभएसम्म गुणस्तरीय शिक्षामा राज्यले जोड दिन नसक्ने प्रष्ट पारे ।

सामुदायिक विद्यालयमा भएका कमिकमजोरीको दोष शिक्षकमाथि लगाउनु गलत रहेकोे भन्दै उनले क्षैक्षिक जगतमा योग्य जनशक्ति ल्याउन राज्यले पहल गर्नुपर्ने धारणा राखे । शिक्षक बढुवा, सरुवा तथा नियुक्ति राजनीतिक वर्गीकरणका आधारमा भईरहको उनले बताए । आफुहरुले आफ्ना नानीबाबुहरुलाई सरकारी बिद्यालयमा पढाईरहेको र निजी विद्यालयमा अध्ययन गरिरहेका सरकारी शिक्षकका छोरा–छोरीहरुलाई पनि सामुदायिक विद्यालयमा फर्काउनुपर्ने उनको भनाई छ । उनले भने,‘यसमा जनप्रतिनिधि र नीति निर्माताहरुले पनि सहभागी हुनुपर्छ ।’

आफ्ना हक र अधिकारका लागि संगठनमा जोडिएको भन्दै उनले संगठनको गठन प्रक्रिया ४० जिल्लाहरुमा सम्पन्न भैसकेको र पहिलो राष्ट्रिय भेला सम्पन्नपश्चात् ७७ ओटै जिल्लामा गठन गरिनेपनि जानकारी गराए । यसअघि शिक्षक महासंघ, शिक्षक संघ र शिक्षक युनियनमा रहेर काम गरिसकेको बताउदै उनले आफुहरुले पेशालाई मर्यादित बनाउन विद्यालय र विद्यार्थीमैत्री बन्नुपर्नेमा पनि उनको जोड  छ ।

कार्यक्रममा बोल्दै जनपद माध्यमिक विद्यालय कलंकीमा कार्यरत शिक्षिका मञ्जु बस्नेतले राज्यले विद्यालयमा पर्याप्त श्रोत–साधनको उपलब्ध गराउनु पर्ने बताइन् । 

यी हुन मञ्चले अघि सारेका मागहरुः

१ शिक्षक सेवा आयोगलाई संवैधानिक मान्यता र प्रत्येक वर्ष आयोग खुल्ने सुनिश्चितता गरियोस् साथै करारमा शिक्षक नियुक्ति गर्न बन्द गरियोस ।

२. स्थायी शिक्षकहरुको स्पष्ट मापदण्ड सहितको आवधिक सरुवाका ब्यवस्था गरियोस साथै शिक्षकले चाहेमा सबै प्रदेशमा सरुवा हुन पाउने ब्यवस्था गरियोस् ।

३. शिक्षकको श्रेणीगत संगै तहगत बढुवाको ब्यवस्ता गरियोस् ।

४. श्रेणीगत बढुवाकोलागि संख्या निर्धारण गर्दा वर्तमान संख्या प्रणालीको सट्टामा प्रदेशको कुल दरबन्दी संख्यालाई ६० प्रतिशत तृतिय, ३० प्रतिशत द्धितिय,१० प्रतिशत प्रथम श्रेणी रहनेगरि प्रतिशतको आधारमा संख्या निर्धारण गरियोस् । साथै मा.बि.मा विशिष्ट श्रेणीको ब्यवस्था गर्नपनि जोडगरिएको छ ।

५. श्रेणीगत बढुवाकालागि विद्यमान ७५ प्रतिशत का.स.मू. र २५ प्रतिशत आन्तरिक खुला ब्यवस्ताको सट्टा ७५ प्रतिशत खुला र २५ प्रतिशत का.स.मू.को ब्यवस्ता निर्धारण गरियोस् ।

६. तहगत बढुवाकोलागि साविक नि.मा.बि र मा.बि.को रिक्त दरबन्दीमा २५ प्रतिशत आन्तरिक गहगत  बढुवाबाट र ७५ प्रतिशत खुला प्रतिस्पर्धाबाट स्थाई गर्ने ब्यवस्ता गरियोस् ।

७. शिक्षक बढुवाको सम्बन्धमा सम्बन्धित तहमा अस्थायी नियुत्ति लिई खुला प्रतिस्पर्धाबाट स्थाई भएका  शिक्षकहरुको बढुवामा पाउने अंक सरहनै राहत कोटा  तल्लो तहमा स्थाई भएको शिक्षकलेपनि समान अंक पाउने ब्यवस्ता गरियोस् ।

८. शिक्षक बढुवामा ज्येष्ठता कायम गर्दा स्थायी नियुक्ति मितिलाई आधार मानियोस् ।

९. अस्थायी, करार, राहत, उच्च माध्यामिक तहका शिक्षकहरुको ब्यवस्थापन गर्दा स्थाई शिक्षकको बृति बिकासलाई असर नपर्ने गरि समायोजना गरियोस् ।

१०. स्थायी शिक्षकहरुको राष्ट्रिय परिचयपत्रको ब्यवस्था गरियोस् र सोही परिचयपत्रको आधारमा सरकारी अस्पतालमा निशुल्क उपचारको ब्यवस्ता गरियोस् ।

११. शिक्षकको ग्रेड बृद्धि तथा बढुवाकोलागि शैक्षिक सत्र पुरा गर्नुपर्ने ब्यवस्ताको सट्टा वर्ष ३६५ लाई कायम गरियोस् ।

१२. निवृत्ति भरण प्रयोजनाकालागि २० वर्ष सेवा अवधि नपुगेका शिक्षकहरुलाई अस्थाई र राहतकोटाका अवधिमा ८ वर्ष सेवाअवधि थप गर्ने ब्यवस्था गरियोस ।

१३. अन्य राष्टसेवक कर्मचारी सरह स्थायी शिक्षकको २ सन्तानलाई उच्च शिक्षामा छात्रवृद्धिको ब्यवस्था गरियोस् ।

१४. शिक्षकको दैनिक तालिम भत्ता निजामति कर्मचारी सरह ब्यवस्ता गरियोस । १५. शिक्षकको नियुत्ति, सरुवा, बढुवा, न्युनतम सेवा–सुविधाको आधारमा संघमै कायम गरियोस् । १६. आधारभूत र माध्यामिक तहको शैक्षिक योग्यता स्नातक र स्नातकोत्तर हुँदा योग्यताको आधारमा तलब समायोजन गरियोस । 

 

प्रतिकृया दिनुहोस

पन्ध्रौं वाइ वाइ नेशनल एजुकेशन

परम्परागत सिकाइ शैली फेर्दै डियरवाक

पशुपति मित्र माविलाई ‘शैक्षिक हव’

कक्षा १२ को नतिजा प्रकाशित,३ हजार

इ–लर्निङका लागि म्याक्स कनेक्टको

वीरेन्द्र बहुमुखी क्याम्पसमा तोडफोड

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला