विद्यार्थी सिकाइ र टिकाइ चुनौती बन्दै धनुषाका विद्यालयमा

 विद्यार्थी सिकाइ र टिकाइ चुनौती बन्दै धनुषाका विद्यालयमा

रामदत्त पन्त/काठमाडौं

अमन चौधरी–१० भए । उनी धुनषाधाम नगरपालिका वडा नं ४ स्थित जनता आधारभूत विद्यालय (गोइयाही) मा  कक्षा ५ मा पढछन् । अमन कक्षाका ५ जना साथीसँगै चैत १९ गतेदेखि हुने अन्तिम परीक्षाको तयारीमा जुटेका छन् । तर,उनलाई थाहा छैन आफू पढने कक्षा उत्तीर्ण गर्न कति विषयको परीक्षा पास गर्नुपर्ने हो ?

कक्षा ५ कै प्रियंका अधिकारी –१० लाई पनि परीक्षाको चटारो छ । ‘मेरो सामाजिक अध्ययन’ पुस्तकको पाना पल्टाइरहेकी उनलाई पुस्तकको नाम समेत थाहा रहेनछ । यी त प्रतिनिधि पात्र मात्र हुन् । यो विद्यालयमा कक्षा १ देखि ५ सम्म पढने १ सय ५ जना विद्यार्थीले (तहगत) सिकाइ आर्जन गर्न सकेका छैनन् । विद्यालयले भने येनकेन उनीहरूलाई कक्षा कोठामा ए,बी सि,डी,कखरा पढाएरै समय गुजार्दै आएको छ ।

चैत १२ गते दिसँसो १२ बजे विद्यालयमा पुग्दा शिक्षिका कविता यादव निकै तनावमा देखिन्थन् । उनी घरी बच्चा सुताउन अफिसतर्फ जान्थिन भने एकछिनमै कक्षाकोठामा पहरा दिँदै थिइन् । १ कक्षा देखि ३ सम्मको कमाण्ड परिचरले सम्हालेकी थिइन् । बालबिकासकी शिक्षिका कविताले भनिन्‘आज हेड सर नआएर समस्या छ ।’ विद्यालयमा राहत कोटाका शिक्षक प्रअ छन् भने १ जना परिचरको व्यवस्था छ ।

धनुषाकै लक्ष्मनियाँ गाउँपालिका सपही–२ स्थित श्रीराम गुरुकुलमा कक्षा ४ मा अध्ययन गर्ने चाँदनी महराले पनि पाठ्यक्रमले तोकेको सिकाई हासिल गर्न सकेकी छैनन् । उनी भन्छिन्‘नेपाली अक्षर चिन्छु तर पढन गाह्रो हुन्छ ।’ विद्यालयका प्रधानाध्यापक हरि पण्डित शिक्षक अभावले बालबालिका पढाइ कमजोर हुने गरेको बताए । उनले भने,‘विद्यालयको पढाइलेमात्र पुग्दैन अभिभावले पढाइमा चाँसो नदिँदा समस्या हुन्छ ।’

समस्या बन्दै मिश्रित कक्षा

लक्ष्मीनियाँ गाँउपालिका सपही–३ को जनता निम्नमाध्यमिक विद्यालयले कक्षा १ लाई बालविकासँगै राखेर पढाउँदै आएको छ । कक्षा २ र  ३, ४ र ५,६ र ७ लाई एकै कोठाको अलग–अलग स्थानमा राखेर पठनपाठन सञ्चालन गर्छ । शिक्षिका रेखा कर्ण भन्छिन्‘मिश्रित कक्षा लिन निकै गाह्रो छ,तर वाध्य भएर कक्षा लिनुपर्छ ।’ ०४५ सालमा स्थापित यो विद्यालयमा अहिलेसम्म दरबन्दीको शिक्षक छैनन् । राहत कोटा ३,अस्थायी १ र बालविकासका २ जनाका भरमा विद्यालय चल्दै आएको छ । कक्षागत शिक्षकको अभावमा विद्यालयहरूले मिश्रित कक्षा लिँदै आएका छन् । यसले गर्दा पाठ्यक्रमले तोकेको शैक्षिक उपलब्धि हासिल गर्न नसकिएको शिक्षकहरू बताउँछन् ।

सिकाइ हासिल नभएपनि विद्यार्थीलाई अर्को कक्षामा पठाइन्छ । जनता आधारभूत प्राविकी शिक्षिका कविता यादव कुनैपनि हालतमा कक्षा ५ का विद्यार्थीलाई ६ कक्षामा पठाउने बताउँछिन् । ‘४ कक्षाका विद्यार्थी आएपछि त सङ्ख्या धेरै हुन्छ त्यसैले उनीहरूलाई जसरी पनि पठाउनै पर्छ’–उनले भनिन् । 

 

डरलाग्दो ‘ड्रप आउट’  

जनता आधारभूत विद्यालयको हाजिरीमा २०७५ को बैशाखमा कक्षा ५ मा १५ जना विद्यार्थी भर्ना भएको तथ्याङ्क छ । शैक्षिक शत्रको अन्त्यमा सो कक्षामा ५ जना मात्र हाजिर छन् । अरु विद्यार्थी कहाँ गए ? शिक्षिका कविता यादवको सजिलो जवाफ थियो, ‘कति अन्यत्रका विद्यालयमा गए,कोही विद्यालय नै आउदैनन् ।’

यो समस्या कक्षा ५ को मात्र होइन । यस विद्यालयका अन्य कक्षामा पनि विद्यार्थी ‘ड्रप आउट’ दर चुनौतीपूर्ण देखिन्छ । गतवर्ष कक्षा १ मा भर्ना भएका २७ जनामध्ये १२ जना,कक्षा २ मा २२ जनामा ११,कक्षा ३ मा १५ जनामा ८ जना र कक्षा ४ मा ११ जनामा ७ जना विद्यार्थी उपस्थित छन् । भर्ना भएका विद्यार्थी टिकाउन नसक्नुको कारण ७ वर्षदेखि शिक्षक दरबन्दी नहुनु भएको बताउँछिन् शिक्षिका यादव । बालविकासका २ र १ जना राहत शिक्षकका भरमा विद्यालय चल्दै आएको छ । ‘विद्यार्थी नजिकै भैंसी चराउँछन तर विद्यालयमा आउदैनन्’–उनले भनिन् । उता अभिभावकको गुनासो पनि उस्तै छ,‘बालवालिका विद्यालय जानै मान्दैनन् ।’ धनुषाधाम ४ कि लक्ष्मनिया यादव भन्छिन्‘३ जना छोरोछोरी कोही विद्यालयमा टिकेन,म स्कुल जाऊ भन्छु उनीहरू जादैनन् ।’

श्रीराम गुरूकुलमा पनि समस्या उस्तै छ । कक्षा ४ सम्म पढाइ हुने गुरुकुलमा भर्नाको समयमा ५७ जना हाजिर देखिएपनि अहिले त्यो सङ्ख्या ४१ मा झरेको छ । महतो, कोइली, महरा लगायत दलीत समुदायका बालबालिका अध्ययन गर्ने गुरूकुलमा विद्यार्थी टिकाउन निकै समस्या रहेको प्रअ हरि पण्डितले बताए । सो विद्यालयमा ०७१ सालमा कक्षा १ मा २६ जना विद्यार्थी भर्ना भएकोमा यो वर्ष कक्षा ४ मा जम्मा ८ जना विद्यार्थी अध्ययन गर्दै आएका छन् ।  लक्ष्मीनियाँकै जनता निम्नमाध्यमिक विद्यालायमा १ देखि ८ कक्षासम्म १ सय ७३ जना विद्यार्थी भर्ना भएका छन् । तर, सबै नियमित छैनन् ।

कमलामाईको छुट्टै सान

धनुषास्थित कमलामाई प्रावि (ढोलबजा–३) मा १ सय ४७ जना विद्यार्थी अध्ययन गर्दै आएका छन् । विद्यालयले विद्यार्थी विवरणदेखि लिएर विद्यालय सुधार योजना व्यवस्थित गरेको देखिन्छ । प्रअ जिवछ यादवसहित राहत कोटाका ३ र बालविकासका १ जना शिक्षिका हरपल विद्यालयको शैक्षिक सुधारका लागि जुट्दा रहेछन् । यादवले आफूले गरेका कामको पोको खोल्दै गए । पाठयोजना,विद्यार्थी नियमितता,सिकाई उपलब्धि,योजना अतिरिक्त क्रियाकलाप सबैको खाका बनाएका रहेछन उनले । हरेक कक्षाको समूहगत विवरण तयार गरेर रातो समूहबाट हरियोतर्फ वढाउने उनको प्रयास अन्य विद्यालयका लागि पनि उदाहरणीय देखिन्छ । यादव भन्छन् ‘अझै धेरै गर्न बाँकी छ,एक जनामात्र शिक्षक थप्न सके हामी पठनपाठनमा निकै अघि बढछौ ।’ उनको धोको छ,‘नमूना विद्यालय बनाउने ।’ (जनकपुरबाट फर्केपछि)

कमलामाई प्रावि (ढोलबजा–३) का प्रअ जिवछ यादव विद्यार्थीका लागि खाजा तयार गर्दै । 

 

प्रतिकृया दिनुहोस

त्रिविको बेरुजु २१ अर्बभन्दा बढी

 मौसमी भर्ना अभियान काम छैनःरमेश सिलवाल

बालबालिका विद्यालय भर्नाका लागि अभिभावक

‘शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन

भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीबाट

स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला