२ नं प्रदेशको विज्ञानको परीक्षा रद्द,फेसबुकबाट प्रश्नपत्र आउट गर्ने को ?

 २ नं प्रदेशको विज्ञानको परीक्षा रद्द,फेसबुकबाट प्रश्नपत्र आउट गर्ने को ?

काठमाडौं । प्रदेश नम्बर २ मा बिहीबार सञ्चालित माध्यमिक शिक्षा परिक्षा (एसईई) अन्तर्गत अनिवार्य विज्ञान विषयको परिक्षा रद्द गरिएको छ । फेसबुक,भाइवर लगायत सामाजिक सञ्जालमा परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परिक्षा बोर्डले सो परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

बुधबार राती नै सामाजिक सञ्जालमा प्रश्न पत्र फेला परेपछि ८ ओटै जिल्लाको परीक्षा रद्द गरेर चैत्र २२ गते परीक्षा सञ्चालन गर्ने बोर्डले बताएको छ ।     प्रदेश नं. २ को शिक्षा निर्देशनालयका निर्देशक रमाकान्त शर्माले परीक्षा अगावै प्रश्नपत्र बाहिरिएकाले विज्ञान विषयको परीक्षा रद्द गरिएको बताए । बिहान करिब ६ बजेर १० मिनेटमा प्रश्नपत्र आउट भएको पुष्टि गर्दै प्रदेश नं २ मा विज्ञानको परीक्षा पुनः गर्ने निर्णय भएको बताए ।

प्रश्नपत्र सबभन्दा पहिले सिरहाको कुनै एक परीक्षाकेन्द्रबाट आउट भएको चर्चा समाजिक सञ्जालमा भएपनि यसबारे अनुसन्धान भइरहेको छ । बोर्ड बैठकले प्रश्नपत्र बाहिरएकोबारे छानविन गर्न सदस्य अमोदा श्रेष्ठको संयोजकत्वमा ४ सदस्यीय टोली गठन गरेको छ ।

प्रश्नपत्र कसरी बाहिरियो भन्नेबारे समितिले छानबिन गर्ने छ । परीक्षाको मर्यादा विपरित यस्ता हर्कत गर्ने जोकोही माथि पनि नियमबमोजिम कारबाही हुने निर्देशक शर्माले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस

पत्रकारिताका अध्यापक न्यौपानेलाई

एसइईको परीक्षाफल असार दोस्रो साता

हृदयाघातबाट पूर्वशिक्षामन्त्री पौडेलको

स्थानीय पाठ्यक्रम संघीयताको जगः

विद्यार्थी स्वदेशमै पढ्ने अवस्था

त्रिवि सेवा आयोग खारेजीको माग गर्दै

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला