वानेश्वर तनावग्रस्तः शिक्षक आन्दोलनमा लाठीचार्ज, आन्दोलन दबाउन खोजे पछि नहटने चेतावनी

     वानेश्वर तनावग्रस्तः शिक्षक आन्दोलनमा लाठीचार्ज, आन्दोलन दबाउन खोजे पछि नहटने चेतावनी

 काठमाडौं । पेशागत सुनिश्चितताको माग राख्दै आन्दोलनमा उत्रिएका राहत शिक्षक तथा बाल विकासका शिक्षकमाथि सोमबार पनि प्रहरीले धरपकड गरेको छ । माइतीघरमा जम्मा भएर निषेधित क्षेत्र तोकिएको बानेश्वर चोकतर्फ अघि बढेका शिक्षकलाई प्रहरीले एभरेष्ट होटल अगाडि रोक्न खोजेपछि भएको  झडपमा केही शिक्षक घाइते भएका छन् ।

अघिल्लो दिनमा झैं आन्दोलन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको थियो । त्यसपछि शिक्षकहरुले पनि नाराबाजी गर्दै ढुंगामुढा गरेका थिए । दोहरो झडपले वानेश्वर क्षेत्र तनावग्रस्त छ । नेपाल राहत शिक्षक समितिका अध्यक्ष खेम अधिकारीले सरकारले वलपूर्वक समस्या दबाउन खोजेको भन्दै कुनैपनि हालतमा आफूहरूपछि नहटने बताएका छन् । उनले भने,‘हाम्रो शान्ति पूर्ण आन्दोलन दबाउन सरकारले अनावश्यक बल प्रयोग गरेको छ,यो समस्याको हल होइन ।’

मुलुकभर प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमासमेत ४० हजारको हाराहारीमा राहत दरबन्दीका शिक्षक कार्यरत छन् । सरकारले विद्यालय तहमा शिक्षक अभाव भएपछि अस्थायी दरबन्दीको सिर्जना गरेर विद्यार्थी भएका विद्यालयमा राहत कोटामा शिक्षक नियुक्त गरेको थियो ।

अहिले तीनै शिक्षकले आफूहरुलाई स्वतः दरबन्दीमा रुपान्तरण र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गरेका छन् । आफूहरुको माग विपरित शिक्षा मन्त्रालयले संघीय शिक्षा ऐन ल्याउन लागेको भन्दै उनीहरु लामो समयदेखि आन्दोलनमा छन् । आइतबार मुलुकभरका राहत शिक्षकहरु काठमाडौं आएर आन्दोलनमा सहभागी थिए ।

प्रतिकृया दिनुहोस

संघीय शिक्षाको जहाज बिस्तारै

सिटीईभीटीबाट सम्बन्धन प्रप्त शिक्षणसस्था

पत्रकारिताका अध्यापक न्यौपानेलाई

एसइईको परीक्षाफल असार दोस्रो साता

हृदयाघातबाट पूर्वशिक्षामन्त्री पौडेलको

स्थानीय पाठ्यक्रम संघीयताको जगः

रोचक

अपांग कछुवालाई व्हील चेयर !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला