राहत शिक्षकले घोषणा गरे थप आन्दोलनका कार्यक्रम,भोली सामुदायिक विद्यालयको पठनपाठन ठप्प पार्ने

राहत शिक्षकले घोषणा गरे थप आन्दोलनका कार्यक्रम,भोली सामुदायिक विद्यालयको पठनपाठन ठप्प पार्ने

काठमाडौं । पेशागत सुनिश्चितताका लागि आन्दोलनरत राहत र बालविकासका शिक्षकहरूले सरकारले आन्दोलन दबाउन प्रहरी परिचालन गरेको बताएका छन् । आफूहरूको शान्तिपूर्ण आन्दोलन दबाउन खोजेको भन्दै  राहत तथा बालविकास शिक्षकहरुले भोली मंगलबार देशभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प पार्ने घोषणा गरेका छन् ।

राहत शिक्षक केन्द्रीय समिति र बालविकास शिक्षक केन्द्रीय समितिले संयुक्त रुपमा सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भोली फागुन २१ गते देशव्यापी रुपमा सामुदायिक विद्यालय बन्द गर्दै आम शैक्षिक हड्तालमा उत्रिने घोषणा गरेका हो ।

सोमबार नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले आफूहरुमाथि ज्यादती गरेको र महिला शिक्षकहरुमाथि दुव्र्यवहार गरेको राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिए । उनले भने,‘देशव्यापी रुपमा सामुदायिक विद्यालय बन्द गरेर शैक्षिक हड्ताल गर्दापनि हाम्रो माग पूरा भएन भने हामी आउँदै गरेका विद्यालयका वार्षिक परीक्षा र एसईई परीक्षासम्म अवरोध गर्न बाध्य हुन्छौं ।’ उनले भने,‘हामीले शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा पनि प्रहरीले हस्तक्षेप, ज्यादती गर्यो ।

अब हामीलाई संघीय राजधानी काठमाडौंमा शान्तिपूर्ण आन्दोलन गर्न दिँदैन भने हामी बाध्य भएर काठमाडौं प्रवेश गर्ने नाकाहरुमा धर्ना बस्छौं ।’ उनकाअनुसार प्रहरीले आज साँझ गरेको दुव्र्यवहार तथा धरपकडमा परी दर्जनौं शिक्षकहरु सख्त घाईते भएका छन् । अधिकारीले भने,‘हिजो र आज गरेर हाम्रा सयौं साथीहरु प्रहरीको ज्यादती र दुव्र्यवहारबाट सख्त घाईते हुनुभएको छ । कतिपयको अस्पतालमा अहिलेपनि उपचार भैरहेको छ । केही साथीहरुलाई अहिले पनि प्रहरी हिरासतमा राखिएको छ।’ बलजफ्ती गरेर पक्राउ गरिएका आफ्ना सहकर्मी साथीहरुलाई तत्काल रिहाई गर्नसमेत उनले माग गरे ।

पक्राउ पर्नेहरुमा गोकुल रोकाय, कृष्णराज विष्ट, जनक भण्डारी, दुर्गा शाक्य र गोविन्द ढाँट रहेका छन् । उनीहरुलाई अहिले काठमाडौंको भृकुटीमण्डपस्थित् नेपाल पुलिस क्लबमा राखिएको छ ।

पत्रकार सम्मेलनमा बालविकास शिक्षक केन्द्रिय समितिकी केन्द्रीय अध्यक्ष कृष्णकुमारी थापामगरले आफू स्वयमसमेत घाईते भएको बताईन् । उनले शान्तिपूर्ण आन्दोलन गर्दा पनि आफूहरुमाथि प्रहरीले अमानवीय व्यवहार देखाएको भन्दै आक्रोश पोखिन् । उनले थपिन्,‘हामी शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिन्छौं । आन्दोलनको लागि अहिलेपनि विभिन्न जिल्लाबाट हजारौंको संख्यामा बालविकास शिक्षकहरु काठमाडौं आउने क्रम जारी छ ।’ थापा प्रहरीले प्रहार गरेको अश्रुग्याँसबाट घाईते भएकी छिन् ।

कार्यक्रममा नेपाल राहत शिक्षक केन्द्रिय समितिका उपाध्यक्ष शारदा तिमिल्सिना र समितिका बरिष्ठ सह–अध्यक्ष वीरेन्द्र कुमार मल्ल, सल्लाहकार संयोजक गणेश ओझाले पनि प्रहरीको ज्यादती र दमनको विरोध गरेका थिए । उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने उद्धघोषसमेत गरेका छन् ।     

संघर्षका कार्यक्रमहरुः

१.मिति २०७५ फागुन १६,१७ र १८ गते नेपाल शिक्षक महासंघ संग सहकार्य गर्दै महासंघलाई साथमा लिएर सरकार तथा सरोकारवालाहरु संग राहत/बालबिकास शिक्षकहरुको स्थायी व्यवस्थापनको लागी समन्वयन गर्ने । साथै प्रदेश, जिल्ला र स्थानिय समितिले आ–आफ्नो निकायमा सरोकारवालाहरु संग अन्तरक्रिया तथा व्यापक प्रचार प्रसार गर्ने । १८ गते सम्ममा हाम्रो पक्षमा कुनै निकास आउन नसके १९ गते देखि अनिश्चितकालिन काठमाडौं घेराउ आन्दोलनमा ४० हजार राहत शिक्षकहरु र ३६ हजार बालविकास शिक्षकहरु अनिवार्य सहभागी हुने ।

२ मिति २०७५ फागुन १९ गते देखिको आन्दोलनको क्रममा आवश्यकता अनुसार देशभरको विद्यालय ठप्प पार्दै नजिकिदै गरेको बेसिक लेवलको परीक्षा र एसईई परीक्षालाई असहयोग गरि शैक्षिक हडताल कार्यक्रम सम्म गर्ने ।

३ मिति २०७५ फागुन १९ देखि संचालित आन्दोलनमा आउदा सकेसम्म अनिवार्य विद्यालयको पोशाकमा उपस्थित हुने

४. आन्दोलनमा आउनु अगाडि प्रत्येक जिल्ला तथा स्थानिय तहले जिल्ला समन्वय ईकाइ तथा स्थानिय शिक्षा शाखा र विद्यालयमा कार्यक्रमको बारेमा जानकारी गराउनुपर्ने ।

५. मिति २०७५ फागुन २१ गतेदेखि देशभरिका सम्पूर्ण विद्यालय बन्द गर्दै आम शैक्षिक हड्ताल गर्ने

      

 

प्रतिकृया दिनुहोस

एसइई परीक्षाको तयारी पूरा,ढुक्कसँग

त्रिवि आंगिक क्याम्पसमा ३३ प्रतिशत

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति,

राहत शिक्षकले घोषणा गरे थप आन्दोलनका

वानेश्वर तनावग्रस्तः शिक्षक आन्दोलनमा

शिक्षकमाथि लाठी वर्षाउनु सरकारको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला