नेपाल इन्जिनियरिङ कलेज निजी नभएको सञ्चालको दाबी

      नेपाल इन्जिनियरिङ कलेज निजी नभएको सञ्चालको दाबी

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ मा रहेको नेपाल इन्जिनियरिङ कलेज निजी नभएको सञ्चालकहरूले दाबी गरेका छन् । कलेजका केही संस्थापक विरुद्धमा लागेर निजी बनाउन खोजेपनि त्यसमा सत्यता नरहेको उनीहरूले बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा शुत्रबार पत्रकार सम्मेलन गर्दै सञ्चालकले कलेज सामुदायिक भएको दाबी गरेका हुन् । कलेजका संस्थापक अध्यक्ष एवम् सञ्चालक समितिका उपाध्यक्ष प्रा.डा. दिपक भट्टराईले २५ वर्षदेखि आफू यो कलेजसँग जोडिएको बताउँदै कलेज सामाजिक नै रहेको दाबी गरे । उनले भने,‘म २०५१ सालदेखि लगातार १७ वर्ष प्राचार्य भएर सेवा गरेको छु ।’

भट्टराईले कलेजका संस्थापकमध्येका एक जना तत्कालीन अध्यक्ष लम्बोदर कुमार न्यौपानले मुख खोल्यो कि झुठो कुरा खसाउने गरेको पनि आरोप लगाए । उनले भने,‘यो कलेजको स्थायी मान्छे त म हुँ । अहिले पनि म क्यान्सर बोकेर हिँडेको छु, कलेजलाई निजी गरेर हत्याउन खोज्नेहरुको विरुद्धमा म लागिरहन्छु । अझै दुई/चार वर्ष प्राध्यापन गर्छु ।’ उनले कलेज सामाजिक नै भएको पूनः दोहोर्याए । उनले यो कलेज सञ्चालनको लागि तत्कालिन् चाँगुनारायण गाविसले १ सय ७४ रोपनी जग्गा उपलब्ध गराएको सुनाए ।

कार्यक्रममा कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले आफू पनि यो कलेजमा विगत २५ वर्षदेखि कार्यरत रहेकोले कलेज सामाजिक नै रहेको दाबी गरे । उनले भने,‘अहिले हाम्रो कलेजको बारेमा सामाजिक हो कि निजी भनेर बाहिर चर्चा भैरहेको छ, तर यो कलेज सामाजिक नै हो । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले यो कलेज सामाजिक नै हो भनेर निश्कर्ष निकालिसकेको छ ।

त्यो पनि स्थलगत निरिक्षण गरेर उहाँहरु त्यो निश्कर्षमा पुग्नुभएको हो ।’ प्रा.डा. श्रेष्ठले २०७४ बैशाख २५ गते कलेज सञ्चालक समितिका तत्कालिन अध्यक्ष लम्बोदर कुमार न्यौपानेले गोप्य रुपमा आफ्नो एकल नाममा नेपाल इन्जिनियरिङ कलेजलाई प्रा.लि.मा दर्ता गराएको पनि स्पष्ट पारे ।

उनले भने,‘पछि धेरै ठाउँबाट विरोध भएपछि उहाँले प्रा.लि. दर्ता खारेजीको लागि निवेदन दिनुभएको थियो । उहाँले निवदेन दिएसँगै २०७४ मंसिर २० गते प्रा.लि. दर्ता खारेज भयो ।’

 

 

 

प्रतिकृया दिनुहोस

एसइई परीक्षाको तयारी पूरा,ढुक्कसँग

त्रिवि आंगिक क्याम्पसमा ३३ प्रतिशत

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति,

राहत शिक्षकले घोषणा गरे थप आन्दोलनका

वानेश्वर तनावग्रस्तः शिक्षक आन्दोलनमा

शिक्षकमाथि लाठी वर्षाउनु सरकारको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला