अस्थायी/करार शिक्षकहरू पुनः आन्दोलनको तयारीमा

 अस्थायी/करार शिक्षकहरू पुनः आन्दोलनको तयारीमा

काठमाडौं । अस्थायी/करार शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ ले एक व्यक्ति एक पदको अवधारणाअनुसार उमेरको हदबन्दी नलगाई सम्पूर्ण अस्थायी, करार तथा विविधि कारणले आन्तरिक परीक्षाबाट बञ्चित सबै शिक्षकहरुलाई पुनः आन्तरिक परीक्षाको व्यवस्था गर्न माग गरेको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघर्ष समितिले यस्तो माग गरेको हो । समितिले सेवाबाट अवकास लिन चाहाने शिक्षकहरुलाई औषधोपचारको एकमुष्ट रकमसहित स–सम्मान विदा गर्नपनि माग गरेको छ । समितिका संयोजक हेमनाथ चौलागाँईले सबै अस्थायी शिक्षकहरुलाई विस्थापित गर्न नपाईने बताए । उनले भने,‘यदि सरकारले अस्थायी शिक्षकहरुलाई विस्थापित गर्यो भने हामी सशक्त आन्दोलनमा उत्रिन्छौं ।’ उनले सबै अस्थायी शिक्षकहरुलाई आन्तरिक परीक्षामा समेत सहभागी गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा समितिका बरिष्ठ उपाध्यक्ष गोपाल बहादुर बस्नेतले सरकारले आफूहरुले उठाएका जायज माग पूरा नगरे यसअघि सार्वजनिक गरिएका आन्दोलनका कार्यक्रमहरुलाई जारी राख्ने चेतावनी दिए । उनका अनुसार समितिले यही माघ २९ गते देशैभरिका सामूदायिक विद्यालय बन्द गर्ने कार्यक्रम रहेको छ । बस्नेतले अघि थपे,‘आन्दोलनलाई सशक्त बनाउनको लागि हामीले ७७ वटै जिल्लाबाट साथीहरुलाई काठमाडौं बोलाएका छौं । माघ २९ गते विहान १० बजे काठमाडौंको भ्रदकालीमा भेला भएर नयाँ बानेश्वरसम्म जुलुश तथा ¥याली निकाल्ने कार्यक्रम छ ।’

समितिका सह–संयोजक प्रविण न्यौपानेले सरकारले १७ वर्षसम्म पनि शिक्षक सेवा आयोग नखोलेर आफूहरुलाई अन्याय गरेको आरोप लगाए । न्यौपानले सरकारले विज्ञापन गर्दा विभेद गरेको पनि आरोप लगाए । कार्यक्रममा समितिका केन्द्रिय सदस्य शिव अधिकारीले आफूहरु अनशनमै बसेको बेला र अदालतमा मुद्दा चलिरहेकै अवस्थामा सरकारले बलपुर्वक आन्तरिक परीक्षा लिएको भन्दै कडा असन्तुष्टी पोखे । अधिकारीले भने,‘स्नातकोत्तरमा फष्ट डिभिजन ल्याएको र सबै विद्यार्थीलाई ए प्लस श्रेणीमा पास गराउन सफल हामी शिक्षकहरु राज्यको नजरमा कसरी अयोग्य र असक्षम भयौं ? म प्रश्न गर्न चाहन्छु ।’

समितिले यही माघ २९ गते काठमाडौंमा बृहत्त शक्ति प्रर्दशन, फागुण १ गते शिक्षक महासंघको कार्यालय घेराउ गर्ने र फागुण २ गते धुम्बराहीस्थित् नेकपाको कार्यालयमा धर्ना दिने कार्यक्रम पनि राखेको जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस

पन्ध्रौं वाइ वाइ नेशनल एजुकेशन

परम्परागत सिकाइ शैली फेर्दै डियरवाक

पशुपति मित्र माविलाई ‘शैक्षिक हव’

कक्षा १२ को नतिजा प्रकाशित,३ हजार

इ–लर्निङका लागि म्याक्स कनेक्टको

वीरेन्द्र बहुमुखी क्याम्पसमा तोडफोड

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला