प्रअ,व्यवस्थापान समितिका अध्यक्षसहित ४ जना विरुद्ध मुद्धा दायर

                प्रअ,व्यवस्थापान समितिका अध्यक्षसहित ४ जना विरुद्ध मुद्धा दायर

काठमाडौं । ९ वर्ष अघि सप्तरीको राष्ट्रिय प्राथमिक विद्यालयको रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानाध्यापक,विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ४ जना विरुद्ध मुद्धा दायर गरेको छ । विद्यालय भवन निर्माण र छात्रवृति रकममा उनीहरुले अनियमिता गरेको अख्तियारको आरोप छ ।  

सप्तरी जिल्लाको साविक त्रिलोक गाविस ४ स्थित राष्ट्रिय प्राथमिक विद्यालयका प्राधानाध्यापक तेजनारायण यादव, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेदी यादव, तत्कालीन प्रधानाध्यापक चक्रप्रसाद देव, शिक्षक चन्द्रनारायण यादव विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।  उनीहरु विरुद्ध साढे ९ लाख बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा चलाएको दायर गरिएको आयोगले बताएको छ ।

प्रधानाध्यापक यादव विरुद्ध पाँच लाख आठ हजार ८ सय ४०, अध्यक्ष र तत्कालिन प्रअ विरुद्ध दुई÷दुई लाख र शिक्षक यादव विरुद्ध ५१ हजार दुई सय रुपैंया विगो माग दाबी गरिएको छ ।  

उनीहरुले शैक्षिक सत्र २०६६/०६७ मा उक्त रकममा अनियमितता गरेको उजुरीका आधारमा अख्तियारले छानविन थालेको जनाएको छ । छानविनका क्रममा भवन निर्माण, छात्रवृत्तिको लागि निकासा भएको रकममा लागत इष्टिमेट अनुसारको कार्य नगरी छात्रवृत्ती वितरण भरपाई कागजातमा किर्ते सहिछाप गरेको पाइएको अख्तियारको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

पन्ध्रौं वाइ वाइ नेशनल एजुकेशन

परम्परागत सिकाइ शैली फेर्दै डियरवाक

पशुपति मित्र माविलाई ‘शैक्षिक हव’

कक्षा १२ को नतिजा प्रकाशित,३ हजार

इ–लर्निङका लागि म्याक्स कनेक्टको

वीरेन्द्र बहुमुखी क्याम्पसमा तोडफोड

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला