सामुदायिक विद्यालयमा लायन्सको ल्यापटप सहयोग

 सामुदायिक विद्यालयमा लायन्सको ल्यापटप सहयोग

काठमाडौं । सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न लायन्स क्लब अन्तर्गत विभिन्न शाखाले ल्यापटप वितरण अभियान चलाएका छन् । 

सो अभियान अन्तर्गत शुक्रबार ओखलढुङ्गास्थित बरुणेश्वर मावि रामपुरलाई लायन्स क्लब अफ काठमाडौं क्यापिटल र बरुणेश्वर माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको सहयोगमा ४ थान ल्यापटप सहयोग गरिएको छ । एक कार्यक्रमबीच ल्यापटप विद्यालयका प्रधानाध्यापक कुलप्रसाद खतिवडालाई हस्तान्तरण गरियो । सामुदायिक विद्यालयलाई प्रविधि मैत्री बनाउने उद्देश्यले विभिन्न विद्यालयमा ल्यापटप वितरण गर्ने गरिएको छ ।  केहीदिन अघि क्लबले सोलुखुम्बुका विभिन्न विद्यालयमा ८ ओटा ल्यापटप वितरण गरेको थियो । 

लायन्स क्लब अफ काठमाडौं ३२५ A२ का पूर्व डिट्रिक्ट गभर्नर तथा वरिष्ठ अधिवक्ता लायन हरिशंकर निरौलाले सरकारी विद्यालयलाई प्रविधिमैत्री बनाउन ल्याटप सहयोग गर्दै आएको बताए । सोलुखुम्बुको दुर्गम स्थानमा विभिन्न विद्यालयमा ४० ओटा ल्यापटप वितरण गरिसकेको भन्दै अभियान जारी रहेको बताए ।

बरुणेश्वर मावि पूर्व विद्यार्थी समाजका सचिव लायन राजु काफ्लेले सामुदायिक विद्यालयको स्तर सुधार्ने अभिप्रायले विद्यालयलाई ल्यापटप  सहयोग गरिएको बताए । समाजका सदस्य एवम् शिक्षा सेवी चित्रकुमार दाहालले आफुले पढेको विद्यालय जो कोहीले सम्झने भएकाले सक्दो सहयोग जुटाइएको बताए । बरुणेश्वर मावि पूर्व विद्यार्थी समाजका अध्यक्ष प्रा.डा. भुपप्रसाद धमलाको सक्रियतामा थालनी गरेको अभियानले विद्यालयललाई ल्यापटप लगायत अन्य शैक्षिक सामग्री सहयोग पुगेको विद्यालयका प्रअ खतिवडाले जानकारी दिए ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं क्यापिटलका पूर्व अध्यक्ष एवम नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्की र प्रथम उपाध्यक्ष मन्दिरा कार्कीको विशेष सहभागीता थियो

प्रतिकृया दिनुहोस

एसइई परीक्षाको तयारी पूरा,ढुक्कसँग

त्रिवि आंगिक क्याम्पसमा ३३ प्रतिशत

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति,

राहत शिक्षकले घोषणा गरे थप आन्दोलनका

वानेश्वर तनावग्रस्तः शिक्षक आन्दोलनमा

शिक्षकमाथि लाठी वर्षाउनु सरकारको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला