विद्यार्थीबिनाका त्रिविका विभाग, यी हुन् विद्यार्थीको अनाकर्षण भएका विभाग

विद्यार्थीबिनाका त्रिविका विभाग, यी हुन् विद्यार्थीको अनाकर्षण भएका विभाग

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको मुख्य द्वारबाट ३ सयमिटर दूरीमा एउटा भवनको भित्तामा ‘त्रिवि इतिहास केन्द्रीय विभाग’ लेखिएको पुरानो बोर्ड छ । न त्यहाँ विद्यार्थी देखिन्छन्, न प्राध्यापक नै ।

कुनैबेला खचाखच हुन्थे इतिहास विभागमा विद्यार्थी । २०३३ सालमा त्रिविमा इतिहास पढ्ने ४० जना विद्यार्थी थिए । २०१६ सालदेखि नै त्रिवि केन्द्रीय विभागमा स्नातकोत्तर तहमा इतिहास विषयको पठनपाठन हुन थालेको हो ।

त्रिवि मानविकी संकायअन्तर्गत स्नातकोत्तरका अन्य विषयगत विभाग पनि विद्यार्थी अभावमा सुनसान छन् । संस्कृति, नेपाल भाषा, नेपाली, जनसंख्या, बौद्ध धर्म, हिन्दी र भूगोल विभागमा समेत विद्यार्थीको संख्या अत्यन्तै न्यून छ । तर, न त्रिविले विद्यार्थीलाई आकर्षित गर्न सकेको छ, न त ती विभाग खारेजीमै परेका छन् । यी विभाग विद्यार्थी अभावमा भएका प्राध्यापकलाई जागिर खुवाउने माध्यम मात्र बनेका छन् ।

विश्वविद्यालयले विद्यार्थी संख्या घटे पनि विस्तारै आगामी वर्षमा विद्यार्थी आउन सक्ने भन्दै तत्काल विषय नै खारेज गर्ने योजना बनाएको छैन । हरेक वर्ष विद्यार्थीको चाप घट्दै गए पनि कुन विषमा कति विद्यार्थी घटबढ भए भन्ने एकीन तथ्यांकसमेत छैन, त्रिविसँग । –२०७३–७४ को तथ्यांकअनुसार ३ लाख ६७ हजार ४२७ जना विद्यार्थी त्रिवि र उसका आंगिक क्याम्पसमा अध्ययन गरिरहेको तथ्यांक छ ।  तर, कहाँ कुन संकाय र विषयमा कति विद्यार्थी छन् भन्ने एकीकृत तथ्यांक त्रिविसँगै छैन । विश्वविद्यालयअन्तर्गत योजना निर्देशनालयका प्रमुख रिदीश पोख्रेलले भन्छन्, ‘कति विद्यार्थीले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पढ्दै छन् तथ्यांक संकलन गरिरहेका छौं ।’

विभाग र विद्यार्थी

इतिहास –  विद्यार्थी शून्य 

हिन्दी – २ जना

बौद्ध दर्शन – ८ जना

जनसंख्या – २० जना

नेपाली –२२ जना

संस्कृत – २२ जना

भूगोल – ३६ जना

राजधानी दैनिक

प्रतिकृया दिनुहोस

विद्यार्थीबिनाका त्रिविका विभाग,

एसईई परीक्षा चैत १० देखि,५ लाख विद्यार्थी

उच्च शिक्षाको काँचुली फेरिन्छःमन्त्री

‘शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट

अस्थायी शिक्षकका माग पूरा गर्छुःशिक्षा

काठमाडौं जिल्लामा पहिलो विद्यालय

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला