पी पी फाउन्डेसन पुरस्कार प्रभाकर र थममायालाई प्रदान

    पी पी फाउन्डेसन पुरस्कार प्रभाकर र थममायालाई प्रदान

काठमाडौं । शिक्षा र पर्यटन क्षेत्रमा उत्कृष्ट कार्य गर्ने शिक्षक तथा पर्यटन व्यवसायीलाई प्रजापति प्रसाई (पी पी) फाउन्डेसनले सम्मान गरेको छ ।

बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले पर्यटन व्यवसायी प्रभाकर शमशेर राणालाई टुरिज्म लाईफटाईम अचिभमेन्ट अवार्ड २०१८ र उत्कृष्ट शिक्षक पुरस्कारबाट थममाया पुनलाई सम्मानित गरे ।

म्याग्दीको पाउद्वार माध्यमिक विद्यालयकी शिक्षक थममायालाई ५० हजार नगदसहित सम्मान गरिएको थियो ।    स्वर्गीय पर्यटन व्यवसायी प्रजापति प्रसाईको नाममा स्थापित यो पुरस्कार वर्षेनी ग्रामीण पर्यटन र शिक्षामा उत्कृष्ट काम गर्ने व्यक्तिलाई प्रदान गरिने फाउन्डेसनका अध्यक्ष शिखर प्रसाईले बताए ।

फाउन्डेशनले सात ओटै प्रदेशबाट उत्कृष्ट शिक्षक छनोट गरी  प्रत्येकलाई रू. २५  हजार नगद तथा सम्मान पत्र प्रदान पनि गरेको छ । प्रदेश नं १ बाट झापाको आदर्श माविबाट गीता ओझा,प्रदेश नं बाट जनता मावि सिरहाबाट वीरेन्द्र कुमार सिंह, प्रदेश नं ३ बाट तिलिङटार मावि काठमाडौंका सरोज कुमार पाण्डे, प्रदेश नं ४ बाट भवानी मावि गोरखाका बलराम भण्डारी, प्रदेश नं ५ बाट धम्बोझी मावि बाँकेका किरण पौडेल (आचार्य), प्रदेश नं ६ बाट श्री आदर्श मावि जुफाल डोल्पाका पूर्ण बहादुर डाँगी, प्रदेशन नं ७ बाट देवास्थल मावि डोटीका रघुनाथ पाठक रहेका छन् ।

पुरस्कृत विद्यालयको शैक्षिक सुधारका लागि फाउन्डेसनले रू. १० हजार बराबरको शैक्षिक सामाग्री प्रदान गरिएको छ । फाउन्डेसन २०६७ साल फागुनमा स्थापना गरिएको हो ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस

समीक्षा : बालबालिका बुझ्ने पुस्तक ‘स्कुल

पी पी फाउन्डेसन पुरस्कार प्रभाकर

राजनीति त्यागेर शिक्षक बनिन् गरिमा

सरकारी विद्यालयमा चर्काे शुल्क 

कर्णाली प्रदेश सरकारले २४ ओटा डिजिटल

पढाईप्रति लगनशील प्रौढ महिला

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला