राजनीति त्यागेर शिक्षक बनिन् गरिमा

          राजनीति त्यागेर शिक्षक बनिन् गरिमा

दिपेन्द्र शर्मा/सुर्खेत, गरिखाने पेशा/व्यवसाय छाडेर राजनीतिमा लागेका धेरै समाचार बनिरहेका बेला जाजरकोटमा एक जनप्रतिनिधिले राजनीति छाडेर शिक्षण पेशा रोज्ने निर्णय गरेकी छन् । जिल्ला समन्वय समिति जाजरकोटकी सदस्य गरिमा शाही पदबाट राजीनामा दिएर शिक्षक बनेकी हुन् ।

शाही अब छेडागाड नगरपलिका– ७ को भानुभक्त आधारभूत विद्यालयको शिक्षक बनेकी छन् ।  बिहीबार जिल्ला समन्वय समिति जाजरकोटको सदस्य पदबाट राजीनामा दिई जिल्ला शिक्षा समन्वय इकाइले लिएको परीक्षामा सहभागी भएकी थिएइन् । जुनीचाँदे गाउँपालिका– ६ बाट गत बर्ष सम्पन्न स्थानीय निर्वाचनमा महिला सदस्यमा निर्वाचित शाही राजिनामा दिएर शिक्षक भएकी छन् ।

तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएर उनी जिल्ला समन्वय समितिको सदस्य भएकी थिइन् । कक्षा ६–८ सम्मको गणित विषयको शिक्षण सिकाई अनुदान दरबन्दीमा उनी नियुक्त भएको जिल्ला शिक्षा समन्वय इकाई जाजरकोटका प्रमुख सुधीनराज बुढाथोकीले बताए । बुढाथोकीका अनुसार शाहीले आफ्नो पदबाट राजीनामा दिइसकेकाले शिक्षकका लागि सिफारिस गरिएको हो ।

 

प्रतिकृया दिनुहोस

अस्थायी शिक्षकका माग पूरा गर्छुःशिक्षा

काठमाडौं जिल्लामा पहिलो विद्यालय

कक्षा १२ को पूरक परीक्षा नतिजा सार्वजनिक

समीक्षा : बालबालिका बुझ्ने पुस्तक ‘स्कुल

पी पी फाउन्डेसन पुरस्कार प्रभाकर

राजनीति त्यागेर शिक्षक बनिन् गरिमा

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला