सरकारी विद्यालयमा चर्काे शुल्क 

सरकारी विद्यालयमा चर्काे शुल्क 

भोजपुर ।  भोजपुरको अरुण उच्च माविले विद्यार्थीहरूबाट प्रमाणपत्रको नाममा चर्काे शुल्क असुल गरेको छ । षडानन्द नगरिपालिका वडा नं.७ मा रहेको यस माविले प्रमाणपत्र लिने प्रत्येक विद्यार्थीबाट ३ हजार ५० रुपैँया असुल गर्ने गरेको विद्यार्थीहरूको  बताए । ।

त्यसैगरी, वडाकै अर्काे उच्च मावि षडानन्दले प्रमाणपत्रको लागि प्रतिविद्यार्थी १७ सय शुल्क तोकेको छ । स्रोतव्यक्ति गोविन्द प्रसाद भट्टराईले सरोकारवाला सबै बसेर विद्यालयहरूले एक हजार भन्दा बढी शुल्क नलिने निर्णय गरेको बताए । तर, यो निर्णय कार्यान्वयन हुन सकेको छैन । दुवै उच्च माविका विद्यार्थी निर्णय गरिएको भन्दा बढी शुल्क तिर्न बाध्य छन् ।   

शुल्क बढी लिईएको विषयमा अरुण उच्च माविका प्रधानाध्यापक सुरेन्द्र पण्डितले अमरवाणीसँग भने, ‘यो पहिलेदेखि नै लिँदै आईराखेको शुल्क हो । बरु हामीले यो वर्षदेखि हामीले पाँच कक्षासम्मको पढाई निःशुल्क गरेका छौँ ।’ विद्यालयसँग आम्दानीको अन्य कुनै स्रोत नभएको कारण पनि विद्यार्थीहरूबाट अलिक बढी शुल्क लिनुपरेको उनको भनाई छ । 

‘पहिलेदेखि नै लिईराखेको शुल्क हो ।’ अरुण उच्च मावि सञ्चालक समितिका कार्यवाहक अध्यक्ष मान बहादुर खत्रीले भने, ‘हामीले चार जना कर्मचारी आन्तरिक स्रोतबाट राखेका छौँ । हामीसँग आयका अन्य उपाय छैनन् । त्यसकारण, विद्यार्थीबाट शुल्क उठाउन परेको हो ।’

वडाध्यक्ष बुध्दसिंह तामाङले अरुण उच्च माविले शुल्क बढी लिनुको कारण खुलाउँदै भने,‘षडानन्द उच्च माविसँग आयस्रोतको रुपमा रुद्राक्षको बगैचा र चार सय मुरी धान फल्ने गुठी छ । तर, अरुण उच्च माविसँग बाह्य आयस्रोतको माध्यम नभएको कारण तीन हजार शुल्क उठाउनु परेको हो ।’ 

प्रतिकृया दिनुहोस

समीक्षा : बालबालिका बुझ्ने पुस्तक ‘स्कुल

पी पी फाउन्डेसन पुरस्कार प्रभाकर

राजनीति त्यागेर शिक्षक बनिन् गरिमा

सरकारी विद्यालयमा चर्काे शुल्क 

कर्णाली प्रदेश सरकारले २४ ओटा डिजिटल

पढाईप्रति लगनशील प्रौढ महिला

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला