कर्णाली प्रदेश सरकारले २४ ओटा डिजिटल विद्यालय निर्माण गर्ने

कर्णाली प्रदेश सरकारले २४ ओटा डिजिटल विद्यालय निर्माण गर्ने

दिपेन्द्र शर्मा/सुर्खेत, ज्ञान र प्रविधिलाई जोडने हेतुले कर्णाली प्रदेश सरकारले डिजिटल विद्यालय निर्माणको तयारी थालेको छ । पहिलो चरणमा रू.३ करोड खर्चेर सरकारले २४ ओटा नमूना डिजिटल विद्यालय निर्माण गर्न लागेको हो ।  

चालू आर्थिक वर्षभित्रै कार्य सम्पन्न गर्नेगरी डिजिटल विद्यालय निर्माणको अभियान थालेको हो । शैक्षिक क्षेत्रको उन्नयन र प्रविधियुक्त शिक्षाको उच्चतम् प्रयोगबाट प्रदेश समृद्धिमा सघाउ पु¥याउने उद्देश्यले डिजिटल विद्यालय निर्माणको तयारीमा सरकार लागेको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।

प्रविधियुक्त दक्ष जनशक्ति उत्पादन गर्नतर्फ जोड दिएको बताउँदै कानूनमन्त्री भण्डारीले भने ‘सरकारको ‘डिजिटल स्कुल कार्यक्रम’ अन्र्तगत यहाँका माध्यमिक विद्यालयमा विद्युतीय शिक्षण सिकाईको अभ्यासबाट हामीले २४ विद्यालयलाई नमूना बनाउने मापदण्ड तयार पारेका छौं ’ प्रारम्भिक चरणमा यस प्रदेशका २४ ओटा निर्वाचन क्षेत्रलाई लक्षितगरी प्रत्येक निर्वाचन क्षेत्रमा एउटा डिजिटल विद्यालय निर्माण गरिने मन्त्री भण्डारीले बताए । उनका अनुसार विद्यालय छनोट गर्दा सम्बन्धित निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्यले गरेको मूल्याङ्कन तथा सिफारिसलाई मुख्य आधार बनाईने छ । डिजिटल स्कूल कार्यक्रम मार्फत् माध्यमिक विद्यालय छनोटका लागि सातवटा मापदण्ड तयार गरिएको छ ।

जस अनुसार सोलार÷बिजुलीको पहुँच, माध्यमिक तहमा कम्प्यूटर विषयमा अध्ययन अध्यापन, कम्प्यूटर सम्बन्धी ज्ञान भएको जनशक्तिको उपलब्धता, विद्यालयको भौतिक तथा सुरक्षा अवस्था, लाभान्वित विद्यार्थीको अभिरूची, ईन्टरनेट सेवाको उपलब्धता र विद्यालयको माग, तत्परता, अपनत्व र दिगोपन रहेका छन् । सात ओटा मापदण्डलाई १०० पूर्णाङ्क कायमगरी सम्बन्धित क्षेत्रका सभा सदस्यहरुले दिएको नम्बर र गरेको सिफारिसलाई आधार मानी विद्यालय छनोट गरिने छ । मापदण्ड अनुसार छनोट हुने विद्यालयका लागि प्रारम्भिक चरणमा सरकारले रू.तीन करोड बजेट विनियोजन गरेको छ ।

यस्ता हुनेछन् डिजिटल विद्यालय

सरकारले निर्माण गर्ने डिजिटल विद्यालय सुशान्त, बालबालिकामैत्री र सिसि क्यामेरा जडित हुनेछ । डिजिटल बोर्डबाटै अध्ययन अध्यापन गराईनेछ । एन्ड्रोइड अर्थात एप्लिकेसन मार्फत् अभिभावकले आफ्ना बालबालिकाको पठनपाठन नियाल्न पाउनेछन् । ई–लाईब्रेरीको व्यवस्था हुनेछ । हरेक दिनको शिक्षक विद्यार्थीको उपस्थिति र तिनले गर्ने क्रियाकलापको रेकर्ड रहनेछ । बालबालिकालाई भविश्यको अन्वेषक बन्न उत्प्रेरित गर्नेछ ।

इन्टरनेटको सहयोगट शिक्षक विद्यार्थीलाई विश्वसँग जोडिएर नविनतम् ज्ञान, सन्देश, सूचना तथा जानकारी लिन सहजता मिल्नेछ । दुर्गम गाउँ तथा मनस्थिति सुगममा परिणत हुनेछ । यसले डिजिटल कर्णाली अभियानको व्यवहारिक कार्यान्वयन सहयोग पु¥याउने अपेक्षा गरिएको मन्त्री भण्डारीको भनाई छ ।

प्रतिकृया दिनुहोस

अस्थायी/करार शिक्षकहरू पुनः आन्दोलनको

डाक्टर केसीलाई अनसन फिर्ता लिन शिक्षामन्त्री

प्रअ,व्यवस्थापान समितिका अध्यक्षसहित

राष्ट्रिय पुस्तक नीति बनाउन पहल गर्छु–

हेलम्बु र चेपाङलाई जोड्ने त्यो रातो

सामुदायिक विद्यालयमा लायन्सको ल्यापटप

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला