पढाईप्रति लगनशील प्रौढ महिला

पढाईप्रति लगनशील प्रौढ महिला

सरस्वती ढुङ्गाना /काठमाडौं

नामःसूर्यमति खनाल, उमेर ६५ वर्ष, कक्षा ४, नामः शोभा पङ्गेनी,उमेर ४५ वर्ष कक्षा १

सूर्यमति र शोभा त उदाहरणमात्र हुन् उनीहरू जस्ता ८० जना प्रौढ गृहिणी नियमित पढन आउछन् तारकेश्वर नगरपालिका–९ स्थित श्री मनमैंजु महिला विद्यालयमा ।  महिलाहरू पढाईप्रतिको लगाव र सिक्ने इच्छा देखेर शिक्षक दंग छन् । विद्यालयकी प्रधानाध्यापक कल्पना सापकोटा भन्छिन्,‘सबै जना सिक्न निक्कै उत्सुक छन् ।’

कक्षा १ देखि ५ सम्म पढाई हुने यस विद्यालयमा पढने महिलाहरू यो उमेरमा आएर विद्यालय धाउनुको उद्देश्य पनि फरक–फरक छ । टोखा नगरपालिका बाँनियारकी सूर्यवतीलाई पढेर आफैं गीत/भजन लेख्न सक्ने बन्नु छ ।  भन्छिन्,‘आफ्नै नाममा गीत छपाउने ठूलो धोको छ ।’   ४ कक्षामा पढ्दै आउनु भएकी उनी भन्छिन्, ‘धेरै कुरा सिके अब वाक्य मिलाएर लेख्न जान्नु छ ।’ उनीहरू अन्य विद्यालयमा झैं नियमित बिहान ११ देखि दिउँसो ३ बजेपछिसम्म विद्यालयमा पढछन् ।

यसै वर्ष कक्षा १ मा नयाँ भर्ना भएकी तारकेश्वरकी ४५ बर्षीय शोभा अमरवाणी प्रतिनिधि विद्यालयमा पुग्दा शिक्षिकाले दिएको पाठ पढ्दै  थिईन् ।  केही वर्षअघि छोरासँग नर्वे गएकी उनलाई त्यहाँ घुम्ने क्रममा भाषा समस्या भयो । भन्छिन्,‘यदि पढेको भए म पनि बोल्न सक्थे भन्ने लाग्यो ।’ त्यहाँ त सरकार पनि महिलाले चलाउँछ भन्ने सुनेपछि  पढन थालें । उनले भनिन,‘आँटे के हुदैन ? जे पनि गर्न सकिने रहेछ ।’

२०६४ सालमा स्थापना भएको सो विद्यालय भवन जीर्ण र पुरानो देखिन्छ । बत्ती बिनाका अध्यारा कोठामा बस्नको लागि केहि डेक्स बेन्च र लेख्नको लागि एउटा ह्वाईट वोर्ड बाहेक खासै सुविधा देखिदैन् । रू. १०० भर्ना फि तिररे पढ्न आएको महिलाहरूले बताए । विद्यालयमा २७ देखि ६५ वर्ष उमेर समूहसम्मका महिला अध्ययनरत छन् ।

नगर प्रमुख संयोजक रहेको विद्यालयमा पढ्ने रहर भएका धेरै भएपनि कक्षाकोठा र शिक्षकको अभाव छ । विद्यालयकी प्रधानाध्यापिका कल्पना सापकोटा भन्छिन्,‘आर्थिक अभाव छ, कतैबाट नियमित आर्थिक सहयोग भए धेरै दिदीबहिनीको सिक्ने इच्छा पूरा हुन्थ्यो ।’ समस्या टार्ने निकाय जिल्ला शिक्षा समन्वय इकाईले नगरपालिका देखाउँछ नगरपालिकाबाट अहिलेसम्म कुनै पहल नभएका सापकोटाको भनाइ छ ।

विद्यालयमा तीन जना शिक्षिका र एक शिक्षकले कार्यरत छन् । सधै विद्यालय चलाउन दाताकै भर पर्नु पर्ने अवस्था छ । नगरपालिकाले नियमित अनुदान दिए त्यो समस्या हटने शिक्षिका मञ्जु खड्गा बताउँछिन् । विद्यालयका शिक्षकले मासिक ४२ सय रुपैयाँ तलब पाउँछन् । नगरपालिकाले वर्षको १ लाख ५० हजार अनुदान दिने भनिए पनि अहिलेसम्म प्राप्त नभएको शिक्षकहरू बताउँछन् ।

 

प्रतिकृया दिनुहोस

अस्थायी शिक्षकका माग पूरा गर्छुःशिक्षा

काठमाडौं जिल्लामा पहिलो विद्यालय

कक्षा १२ को पूरक परीक्षा नतिजा सार्वजनिक

समीक्षा : बालबालिका बुझ्ने पुस्तक ‘स्कुल

पी पी फाउन्डेसन पुरस्कार प्रभाकर

राजनीति त्यागेर शिक्षक बनिन् गरिमा

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला