परशुराम पोखरेलको सम्झनामा शोक सभा

 परशुराम पोखरेलको सम्झनामा शोक सभा

काठमाडौं । पशुपति बहुमुखी क्याम्पस पब्लिक प्राध्यापक संघ इकाइले अमेरिकमा निधन भएका संघका पूर्व अध्यक्ष परशुराम पोखरेलको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

बिहीबार बिहान आयोजित कार्यक्रममा क्याम्पस प्रमुख प्रयागराज भट्टराईले राष्ट्रले लामो समय शिक्षा क्षेत्रमा योगदान पुर्याएका होनहार व्यक्तित्व गुमाएको भन्दै उनको अल्पायुमै भएको मृत्युले आफूलाई मर्माहित बनाएको बताए । सभामा पूर्व क्याम्पस प्रमुख एवम् अनुगमन समितिका अध्यक्ष विष्णुप्रसाद पन्तले पोखरेल असल, क्षमतवान र साहसी मानिस भएको बताए । ‘लामो अवधिको संगतमा जस्तै समस्या आएपनि उनी हतोत्साही नहुने व्यक्ति थिए,प्रायः अरु मानिसमा त्यस्तो  धैर्यता हुदैन्,’ उनले भने ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख कल्याण दाहाल, संघका सभापति सुमन बस्नेत, उप–प्रा.लालबहादुर बस्नेत,विनोदचन्द्र पन्त,गणेश मिश्र र दधिराम पन्थीले  पोखरेल एक असल व्यक्तित्व भएका मानिस भन्दै स्मरण गरे ।   ५२ वर्षिय पोखरेलको ६ दिन अघि अमेरिकाको क्यालिर्फोनियामा निधन भएको थियो । उनका एक छोरा, दुई छोरी, श्रीमती र आमाबुवा छन् ।            

प्रतिकृया दिनुहोस

अस्थायी शिक्षकका माग पूरा गर्छुःशिक्षा

काठमाडौं जिल्लामा पहिलो विद्यालय

कक्षा १२ को पूरक परीक्षा नतिजा सार्वजनिक

समीक्षा : बालबालिका बुझ्ने पुस्तक ‘स्कुल

पी पी फाउन्डेसन पुरस्कार प्रभाकर

राजनीति त्यागेर शिक्षक बनिन् गरिमा

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला