प्रविधिमैत्री शिक्षामा प्रतिवद्ध ब्रूकलिन कलेज

 प्रविधिमैत्री शिक्षामा प्रतिवद्ध ब्रूकलिन कलेज

काठमाडौं । सुकेधारास्थित ब्रूकलिन इन्टरनेसनल कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा नयाँ भर्ना भएका विद्यार्थीलाई कलेजबारे जानकारी गराइनुका साथै अध्ययन अवधिमा परिपालन गर्नुपर्ने नियमबारे अवगत गराइएको थियो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक दिनेशमणि घिमिरेले भाइबहिनीहरुलाई अनुशाशित भएर अध्ययनमा जुट्न सुझाव दिए ।

गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्दै शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा क्याम्पस प्रमुख जनकराज गिरीले कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने भन्दै आफूहरुले समयसापेक्ष र प्राविधियुक्त सिकाईमा विशेष जोड दिने बताए ।

कार्यक्रममा जीपी कोइराला मेमोरियल कलेजका प्रिन्सिपल खिलानाथ सापकोटाले प्रविधियुक्त शिक्षा नै आजको आवश्यकता भएकाले कलेजले त्यसलाई पुरा गर्ने बताए । सो अवसरमा नयाँ भर्नाभएका  विद्यार्थीलाई स्वागत गर्नुका साथै सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । कार्यक्रमममा कलेजका शिक्षक विद्यार्थीको सहभागिता थियो । कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी,कानून र शिक्षा विषयको पढाइ हुन्छ ।  

 

प्रतिकृया दिनुहोस

विद्यार्थीबिनाका त्रिविका विभाग,

एसईई परीक्षा चैत १० देखि,५ लाख विद्यार्थी

उच्च शिक्षाको काँचुली फेरिन्छःमन्त्री

‘शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट

अस्थायी शिक्षकका माग पूरा गर्छुःशिक्षा

काठमाडौं जिल्लामा पहिलो विद्यालय

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला