प्रारम्भिक बाल्यअवस्थाको मनोविज्ञान 'स्कुल बेच्ने बालक' : दामोदर न्यौपाने

 प्रारम्भिक बाल्यअवस्थाको मनोविज्ञान 'स्कुल बेच्ने बालक' : दामोदर न्यौपाने

खेलकुदमा छनौट भएका रहेछन् हार्दिक । एक महिना पहिला हार्दिकको जन्मदिन मनाउन बाबा ममि नै स्कुल जानु भएको थियो । त्यही बेला उनी खेलमा छानिएको सुनाउनु भएको थियो मिसले ।   ‘हार्दिकलाइ हामीले खेलमा छानेका छौं,’ मिसले सुनाउनुभयो, ‘पठाउनु हुन्छ नि हैन सर ?,’ ‘पठाउँछौं नि ∕,’ बाबाले भन्नुभयो । ‘पैसाचाहिं एक्सट्रा लाग्ने भयो । आयोजक होइनौं हामी । स्कुलले गरेको भए लाग्दैनथ्यो । नेपाल ओलम्पिक कमिटीले गर्न लागेको । त्यही भएर पैसा अभिभावकले तिर्नु पर्नेभयो,’ मिसले सुनाउनुभयो ।  ‘पैसा त लागोस् न  ∕,’ बाबाले भन्नुभयो, ‘कति लाग्ने रहेछ साँची ?’ ‘पछि चिठी पनि आउँछ,’ मिसले भन्नुभयो, ‘१४÷१५ जति लाग्ला ∕’ ‘हस मिस ∕,’ बाबाले भन्नुभयो, ‘त्यति त के ठूलो भयो र छोराको लागि । हामी बालबालिकाको लागि खर्च भयो भन्छौं । खर्च हैन । लगानी ठान्छु म । हामी हार्दिकको लागि चाहिएजति लगानी गर्न तयार छौं ।’ बाबा ममि घरै फर्कनु भयो । साथीसँग कक्षामा रहेका हार्दिकलाई छाडेर खुसुक्क हिंड्नु भयो बाबा ममि । गयौं भन्न थाल्यो भने फेरि घरै जान्छु भन्लान भनेर उनलाई केही नभनि हिंड्नु भएको हो बाबा ममि । ‘१० जना खेल्ने सूचीमा छानिएकोमा हाम्रो कालु पनि परेछ,’ ममिले खुशी हुदै सुनाउनु भयो ।

‘अँ त नि ∕,’ बाबाले भन्नुभयो, ‘१५ हजार लाग्ने रहेछ । लागोस् । जे भएपनि खेलमा त छानियो नि ∕’ हार्दिकको घरमा वर्थ डे कार्यक्रम थियो । उसको केक लिन फेरि बानेश्वरतिर जानुभयो बाबा ममि । यति बेला स्कुलबाट आइसकेका थिए हार्दिक । साथमा हार्दिक पनि गए । आजको दिन पूरै हार्दिकको लागि छुट्याउनु भएको बाबा ममिले । ममिले अफिस विदा लिनुभयो । बाबाले पनि विदा लिनु भएको थियो । आज स्कुलमा गएको बेला हार्दिकको मिसस“ग हार्दिकको आनीबानी बारे पनि सोधखोज गर्नु भएको थियो ।  ‘हार्दिकको राम्रो पक्ष के हो ?, बाबाले मिसलाई सोध्नुभयो ।  ‘मिलनसार होइसिन्छ । सबैसँग घुलमिल होइसिन्स । समूहमा मिल्न खोजसिन्छ । अरुको दुख देख्नै सक्सिन्न । कसैलाई केही भयो भने रोइ हाल्सिन्छ । इमोसन एकदमै हाइ छ,’ मिसले भन्नुभयो, ‘यो राम्रो गुण हो ।’ ‘सुधार्नु पर्ने गुणचाहिं के छन् ?,’ बाबाले सोध्नुभयो ।  ‘कोहीबेला मुडी होइसिन्छ । मुड चलेन भने हामीले गराउने क्रियाकलापमा सहभागी नै होइसिन्न । गर्छु भने पछि गरेरै छाड्सिन्छ । गर्दिन भनेपछि गर्दिन गर्दिन । जति फकाउ“दा पनि गर्दिन भनेको काम गर्दै गर्सिन्न ।’ ‘हाहाहा,’ बाबाले हाँस्दै भन्नुभयो, ‘म पनि त्यस्तै थिएँ रे सानामा । आमासँग पानी लिन पधेरोमा पछि लागेर जान्थें रे । आमालाई हतार हुने । मलाई अगाडी नै हिंड्नु पर्ने । अगाडी हिंड्नु पर्ने अनि विस्तार हिडिदिने । एकदिन आमाले तिमी पछाडी आउ म जा“दै गर्छु भनेर अगाडी हिंड्नु भयो । निहुँ पुगि गो नि मलाई ∕ म त्यहीं लडिबुडी गरेर बसें । रोइकराइ गरें । आमा मेरो कुरै नसुनी फटाफट हिंड्नु भयो । म तिर हेर्नै भएन । म त्यहाँबाट अलि परसम्म हिंडे । कतिबेर सम्म रुनु ? रुन पनि छाडिदिएँ अब । केहीबेर पछि आमा लिन आउनुभयो । म जुरुक्क उठें । अघि धेरै वरसम्म हिंडेको थिएँ । आमा आएको देखेपछि अघि आमाले जहाँ छाड्नु भएको थियो, त्यहीं गएर बसें । आमा ढिला भयो भनेर दौडनु भएको थियो । झन् ढिला भयो । म उल्टै जान मानिनँ । अनेक गरेर फकाउनु भयो । बल्ल बल्ल गएँ । पानी लिन झण्डै २० मिनेट लाग्थ्यो । ५ मिनेटजति वर आएपछि मैंले यस्तो बबाल गरेको थिएँ । हाहाहा । यस्ता थुप्रै घटना मलाई आमाले सुनाउनु हुन्छ । रमाइलो लाग्छ बाल्यकाल सम्झँदा । यस्तो बानी त विस्तारै सुधार होला नि हैन म्याडम ?’ ‘हामी सम्झाउँछौं । हजुरहरुले पनि घरमा सम्झाउनु पर्छ,’ मिसले भन्नुभयो, ‘सुधार हुन्छ । सुधार गराउनु पर्छ । ठूलो हुँदै गएपछि बुझ्दै पनि जानु हुन्छ ।’ ‘हामी धेरै सम्झाउँछौं ∕,’ बाबाले भन्नुभयो, ‘कमीकमजोरी थाहा पाएपछि त्यसलाई अनेक विधिबाट हामी सम्झाउ“छौं । कति बानी व्यवहारमा परिवर्तन भएका छन् उसको ।’ ‘यो बेला बढि इगो आउने बेला हो,’ मिसले भन्नुभयो, ‘पूर्वबाल्य अवस्थामा घरको वातावरणबाट स्कुलमा प्रवेश गर्ने हुनाले उसका रुची, व्यवहार, भावना, क्षमता लगायतको ढा“चामा परिवर्तन आउँछ । बाबु चार वर्ष हुनुभयो । यो उमेर भनेको साथीभाइस“ग द्वन्द्व गर्ने उमेर पनि हो । उहाँको पनि साथीभाइमा त्यस्तो पर्छ । त्यसलाई गर्नु हुन्न भन्नु परि गो । कन्ट्रोल गर्नु परि गो । त्यही गरेको उहा“लाई मन पर्दैन । कोही बेला त्यस्तो पर्छ होला । अनि भोलिपल्ट स्कुल आउन नमानेको हुन सक्छ । हामी यसलाई सल्ट्याउँछौं । स्कुल जान नमानेको हामीलाई थाहाचाहिं दिनु पर्छ ।’

                                                              OOO

स्कुलममा मनोविज्ञान बुझेर व्यवहार गरिंदो रहेछ भन्ने विश्वास भयो बाबालाई । धेरैले कुन उमेरमा के परिवर्तन आउँछ भनेर पत्तै पाउँदैनन् शिक्षकले । विश्वविद्यालयमा पढेका त हुन्छन्, पढेर के गर्नु ? पढाउने बेलासम्म विर्सिसकेका हुन्छन् । धेरै यस्ता शिक्षक भेट्नु भएको छ बाबाले । देशभरि घुम्नु भएको छ बाबा । ति ठाउँमा जाँदा स्कुल छिर्नु भएको छ । शिक्षकको व्यवहार नियाल्नु भएको छ । त्यही आधारमा उहाँले यसो भन्नु भएको हो । 

शिक्षकले मात्रै होइन, अभिभावकले पनि बुझ्नु पर्छ बालमनोविज्ञान । कुन चरणमा के कस्तो परिवर्तन आउँछ भनेर थाहा पाउनु पर्छ । उसमा आउने परिवर्तन बुझेर त्यही अनुसार व्यवहार गर्न सजिलो हुन्छ । 

मनोवैज्ञानिकहरुले मानिसको जीवनलाई विभिन्न चरणमा बाँडेका छन् ।  मान्छेको जीवन अवधि गर्भाधानदेखि शुरु हुन्छ । अनि जीवनभर चलिरहन्छ । मानव जीवनका विभिन्न समय छन् । कालखण्ड छन् । चरण छन् । मान्छे बुझ्न मान्छेका ती चरण बुझ्नु पर्छ ।    मनोवैज्ञानिकहरुले विभाजन गरेको चरणमा एकरुपता पाईदैन । व्यक्तिगत भिन्नताका कारण एउटा अवस्थाबाट अर्काे अवस्थामा प्रवेश गर्ने क्रममा केही तलमाथि पर्न सक्छ । तैपनि उमेर र केही साझा विशेषतालाई आधार मानेर विभिन्न चरणमा विभाजन गरिएको छ ।  

मनोवैज्ञानिक हर्लकले जन्मपुर्व र जन्मपश्चात गरी १० चरणमा विभाजन गरेका छन् मानव जीवनका विकासलाई । गर्भाधानदेखि जन्मसम्मको चरणलाई जन्मपूर्वका अवस्था, जन्मदेखि २ सातासम्मको अवस्थालाई नवजात अवस्था, जन्मेको २ सातादेखि २ वर्षसम्म शैशव अवस्था, २ वर्षदेखि ६ वर्षसम्मकोलाई पूर्व बाल्यअवस्था, ६ देखि ११÷१२ वर्ष सम्मकोलाई उत्तरबाल्य अवस्था, ११/१२ देखि १३÷१४ सम्मकोलाई यौवन अवस्था, १३÷१४ देखि १८ वर्षसम्मकोलाई किशोर अवस्था, १८ वर्षदेखि ४० वर्षसम्म वयस्क, ४० देखि ६० वर्षसम्म मध्यअवस्था र ६० देखि माथि वृद्ध अवस्था मा विभाजन गरेका छन् ।  

जन्मपूर्वको अवस्थालाई पनि उनले तीनभागमा विभाजन गरेका छन् । पहिलो अवस्था पिण्डाअवस्था वा बीजाअवस्था भनेका छन् । यो शुक्रकिट र डिम्बको निषेचनबाट गर्भ रहेको दुई सातासम्मको अवधि हो । निषेचन भएको १० दिनमा बीज आमाको गर्भाशयमा आउँछ । गर्भाशयमा भित्तामा टाँसिएर बस्छ ।    दोस्रो अवस्था चरण भ्रुणको अवस्था हो । यो २ सातादेखि २ महिनासम्मको अवधी हो । यो अवधीमा पिण्डको विकास तिब्र रुपमा हुन्छ । पिण्डले मानव आकृति पनि यही बेला लिन्छ । 

तेस्रो चरण गर्भस्थ शिशुको अवस्था भनेका छन् । गर्भाधान भएको दूई महिनादेखि बच्चा नजन्मिएसम्मको अवधि हो यो । यो अवधिमा मान्छेका अंग पूर्ण रुपमा बनिसकेका हुन्छन् । 

जन्मेपछि शुरुको दुई साता नवजात अवस्था हो । यो अवस्था सालनालसहितको र सालनाल काटिसकेपछि अवस्था हो । यो अवस्थामा वालक नया“ वातावरणमा समायोजन हुन्छ । दिसा पिसाव गर्ने, स्वाश फेर्ने, चुस्ने, निल्ने जस्ता कार्य यस चरणमा गर्छन् । 

प्रारम्भिक शैशवकालमा सबैभन्दा छोटो समय हो । यो दुई साता रहन्छ । यो समयमा आन्तरिक वातावरणबाट बाह्य वातावरणमा समायोजन हुन सिक्छ । यो समयलाई तिब्र समायोजनको समय भनिन्छ । यो अवस्थालाई संकटपूर्ण अवस्था पनि भनिन्छ । यही अवस्थामा नया“ र फरक वातावरणमा समायोजन गर्नु पर्ने हुन्छ । नया“ वातावरणमा राम्रोसँग समायोजन हुन सकेन भने शारीरीक समस्या आउन सक्छ । शिशुमृत्युदर बढ्न सक्छ । 

शैशव अवस्था शिशुको आत्मनिर्भरतातिर उन्मुख समय मानिन्छ । मनोवैज्ञानिकका अनुसार यसबेला आफ्ना मांशपेसीमा नियन्त्रण गर्न सिक्छ । चल्न थाल्छ । स्वतन्त्रतापूर्वक उठ्न सक्छ । बस्न सक्छ । खेल्न सक्छ । बोल्न थाल्छ ।  

यही चरणमा उसका व्यवहारिक ढाँचा स्थापित हुन थाल्छन् । अन्य व्यक्तिका मान्यता, धारणा, आफूप्रतिका धारणा, संवेगात्मक अभिव्यक्ति यही चरणमा स्थापित हुने मनोवैज्ञानिकले बताएका छन् । यही बेला स्थापित भएका मुल्य मान्यताका आधारमा उसको विकास हुन्छ । त्यही भएर यो समयलाई आधारशिलाको उमेर पनि भनिन्छ ।  यो उमेर तिब्र वृद्धि र परिवर्तनको उमेर पनि हो । शारिरिक र मानसिक विकास तिब्र रुपमा हुन्छ । यो बेला आफ्ना छेउछाउका वस्तु चिन्ने, देखेका बस्तु चिन्ने, चिनेपछि प्रतिक्रिया देखाउने गर्छन् ।  यो समय स्मरणमा पनि तीव्रता आउँछ ।  यो समयलाई सामाजिकिकरणको शुरुवातको अवस्था पनि मानिएको छ । यो बेला शिशु घर परिवारका सदस्यसँग बस्न रुचाउँछन् । एक्लै बस्न चाहदैनन् । एक्लै बसे रुन्छन् । करा“छन् । झगडा गर्छन् । साथीसँग खेल्न चाहन्छन् । अरुको ध्यान आफूतिर केन्द्रित होस भन्ने चाहन्छन् । 

आत्मनिर्भरताको विकास, रुची र क्षमताको विकास पनि यही समयमा हुने मनोवैज्ञानिक बताउँछन् । आफ्ना रुची अनुसारका व्यवहार देखाउ“छन् । खाने, सुत्ने, झगडा गर्ने जस्ता व्यवहारलाई शैशव अवस्थाका व्यक्तिगतताको विकास भनेका छन् मनोवैज्ञानिकहरुले । 

यही उमेरलाई यौन पहिचानको उमेर समेत भनिन्छ । यही बेला घरपरिवारमा पनि छोरा छोरीको रुपमा भिन्दा भिन्दै व्यवहार गरिन्छ । छोरा भए बाबु भनेर बोलाउने, छोरी भए नानी भनेर बोलाउने गरिन्छ । कपडा लगाउँदा पनि छोरा र छोरीलाई फरक लगाइदिने गरिन्छ । 

पूर्वबाल्यअवस्था ६ वर्षसम्म रहन्छ । यो समयमा बालक घरेलु वातावरण छाडेर विद्यालयको नयाँ वातावरणमा प्रवेश गरिसकेको हुन्छ । यो बेला उसका रुची, व्यवहार, ढाँचा, व्यवहार, भावना, क्षमता सबैको ढा“चामा परिवर्तन आएको हुन्छ । स्कुल जान सक्ने, खेल खेल्ने, शब्द उच्चारणमा शुद्धता आउने, शब्दलाई बाक्यमा प्रयोग गर्ने, शब्दको अर्थ बताउने, आफ्ना आवश्यकता बताउन सक्ने, यौन भिन्नता विकसित हुने, घर परिवार, छरछिमेक, साथीभाइ, शिक्षक शिक्षिकासँग सम्बन्ध राख्न समेत सिकिसकेका हुन्छन् ।  पूर्वबाल्य अवस्थालाई बुबाआमा, शिक्षाविद् मनोवैज्ञानिक लगायतले भिन्दा भिन्दै नाम दिएको पाइन्छ । बुबाआमाले समस्याको समय, खेल्ने समय भनेका छन् । शिक्षाविद्ले पूर्व विद्यालय उमेर भनेका छन् । अनि मनोवैज्ञानिकले पूर्वबाल समूह, जिज्ञासु र नक्कल गर्ने समय, सिर्जनात्मक समय भनेका छन् ।  

यो अवस्थाका बालबालिका जिद्धी हुन्छन् । नकारात्मक भावना राख्ने हुन्छन् । अटेरी हुन्छन् । कुतर्क गर्छन् । विरोधी भावना देखाउँछन् । अरुको हस्तक्षेप स्विकार गर्दैनन् । त्यही भएर यो उमेरलाई समस्याको उमेर भनिएको हो । 

बालबालिकाले यो समय खेलेर बिताउने कुरा बाबाले अघिल्लो अध्यायमा पनि गरिसक्नु भएको छ । पुतली, घोडा, मान्छे, कुकुर, विरालो, कुखुरा, खरायो जस्ता खेलौना खेल्न रुचाउँछन् । यि जीवलाई समेत जीवित मानेर खेलिरहेका हुन्छन् उनीहरु । त्यही भएर यो उमेरलाई खेलौनाको उमेर पनि भनिएको हो ।   यही उमेरमा विद्यालय जान शारिरिक तथा मानसिक रुपले तयार बनाइन्छ ।  बाल समूहमा सहभागिताको लागि तयारी गर्ने समय पनि हो यो । यही बेला दाजुदिदीको व्यवहारबाट सिक्ने । साथीसँगतको सम्पर्कबाट सिक्ने गर्छन् । यही बेला तँ, तिमी, हजुर, तपार्इं जस्ता सम्बोधन गर्ने शब्द पनि सिक्छन् । 

(पत्रकार न्यौपानेले शानिवार २ बजे नेपाल एकेडेमीमा सार्वजनिक हुन लागेको पुस्तक स्कुल बेच्ने बालकको अंश)  

प्रतिकृया दिनुहोस

अस्थायी शिक्षकका माग पूरा गर्छुःशिक्षा

काठमाडौं जिल्लामा पहिलो विद्यालय

कक्षा १२ को पूरक परीक्षा नतिजा सार्वजनिक

समीक्षा : बालबालिका बुझ्ने पुस्तक ‘स्कुल

पी पी फाउन्डेसन पुरस्कार प्रभाकर

राजनीति त्यागेर शिक्षक बनिन् गरिमा

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला