न्यौपानेको 'स्कुल बेच्ने बालक’ लोकापर्ण

न्यौपानेको 'स्कुल बेच्ने बालक’ लोकापर्ण

काठमाडौँ । पत्रकार दामोदर न्यौपानेद्वारा लिखित पुस्तक ‘स्कूल बेच्ने बालक’ लोकापर्ण गरिएको छ । प्रारम्भिक बाल मनोविज्ञानको सूक्ष्म अध्ययन गरी लेखिएको उक्त पुस्तक नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा शनिबार शिखा बुक्स प्रकाशनले आयोजना गरेको कार्यक्रमा लोकापर्ण गरिएको हो । 

पुस्तकलाई काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. सुरेशराज शर्मा, बालसाहित्यकार तथा वरिष्ठ पत्रकार विनय कसजु, अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई, पत्रकार गौरव पोखरेल, शिखा प्रकाशनका अध्यक्ष पुष्पराज पौडेल र पुस्तकका मुख्य पात्र बालक हार्दिक न्यौपानेले संयुक्त रूपमा पुस्तक लोकापर्ण गरे । 

पूर्वउपकुलपति शर्माले बालबालिकाको मनोविज्ञान बुझ्न परिवारका सबैले पुस्तकबाट ज्ञान लिन सक्ने बताए । बालबालिकालाई बुझेर व्यवहार गर्नुपर्छ भन्ने बिषय पुस्तकले सिकाउने प्रा.डा. शर्माको भनाई छ । बालसाहित्यकार तथा वरिष्ठ पत्रकार कसजुले नेपाली साहित्यमा अभावका रूपमा रहेको प्रारम्भिक बाल्यकालको जानकारी दिन पुस्तक सफल हुने विश्वास व्यक्त गरे । उनले स्कुल बेच्ने बालक पुस्तकले छोरा र छोरीलाई कसरी असल व्यवहार गर्न सकिन्छ भन्नेबारे आमावुवालाई सिकाउने पनि बताए । 

अक्षरा स्कुलकी प्रिन्सिपल भट्टराईले प्रसिद्ध शिक्षा–मनोवैज्ञानिक जिन पियाजेले आफ्नै सन्तानमा अध्ययन गरी दर्शनका पुस्तक लेखेजस्तै आभास न्यौपानेको पुस्तकबाट पाइने बताइन् । 

पत्रकार न्यौपानेले छोरा हार्दिकको प्रारम्भिक बाल विकासका संवेगात्मक दैनिक गतिविधिको सूक्ष्म अध्ययन गरी पुस्तक लेखेको दिए । उनले थपे, बालबालिकालाई महत्त्वको दृष्टिकोणले हेर्नुपर्छ । एउटा बालकको ईच्छा, चाहाना, आवेग, खुसी, दुःख, सुखलाई पुस्तकमा समेटिएको छ ।’ 

त्यस्तै उनले बालबालिकालाई बुझ्न आग्रह गरे । भने, ‘बालबालिकालाई सुन्नुपर्छ । सुनेपछि बुझिन्छ । बुझेपछि उनीहरूका मनोविज्ञान बुझिन्छ । हामीलाई उनीहरूसँग व्यवहार गर्न सजिलो हुन्छ ।’ लेखक न्यौपानेले बालसाहित्यकारहरू नेपालमा ओझेलमा परेको पनि बताए ।  

पत्रकार न्यौपानेका यसअघि ‘एम्बुसमा ६ वर्ष’, ‘कर्मः सिकाइमा गरिरिएको खाडल’, ‘स्वर्णिम समय’ र चित्रकथा ‘ट्यालेन्ट शो’  पुस्तक प्रकाशित छन् । पाँचवटा पुस्तकका लेखक न्यौपानेका चारवटा पुस्तक बाल साहित्यमा आधारित छन् । ‘स्कुल बेच्ने बालक’ पुस्तकको मूल्य रु ४५० रहेको छ । पुस्तकको सुन्दर आवरण डिजाइन सन्तोष कुमार दाहालले गरेका हुन् ।    

 

   

प्रतिकृया दिनुहोस

कर्णाली प्रदेश सरकारले २४ ओटा डिजिटल

पढाईप्रति लगनशील प्रौढ महिला

कक्षा १२ को खुल्यो रिजल्ट

प्रविधिमैत्री शिक्षामा प्रतिवद्ध

परशुराम पोखरेलको सम्झनामा शोक सभा

न्यौपानेको 'स्कुल बेच्ने बालक’ लोकापर्ण

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि