मिलन विक्रम सिंह बस्नेत, भोजपुरर षडानन्द बहुमुखी क्याम्पसमा मुलपानी सामुदायिक सिकाइ केन्द्रको सहकार्यमा इ–लाइब्रेरी निर्माण गरिएको छ । विद्यार्थीको पठनपाठन संस्कृतिको विकाससँगै आधुनिक प्रविधि इन्टरनेटको पहुँच बढाउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो ।
श्री षडानन्द बहुमुखी क्याम्पस र मुलपानी सामुदायिक सिकाइ केन्द्रको सहयोगमा स्थापित उक्त पुस्तकालयमा पाठ्यक्रम विकास केन्द्र (सीडीसी) द्वारा स्वीकृत पाठ्यक्रमका साथै अन्य शैक्षिक सामग्रीहरू उपलब्ध छन् ।
ई–लाईब्रेरीमा धेरै व्याक्ति एकसाथै उही समयमा पठनपाठन गर्न सक्ने भएकाले यसको लोकप्रियता बढ्दै गएको छ । यसबाट नगरवासीले समेत लाभ लिन सक्ने नगरपालिकाका सूचना प्रविधि अधिकृत ई. प्रेम बिक्रम सिं बस्नेतले बताए । उनका अनुसार नगरपालिकामा स्थापना भएको यो पहिलो इ–लाइब्रेरी हो ।
लाइब्रेरीमा अहिले करिब सात हजार पुस्तक र आठ हजार थान एकेडेमिका शैक्षिक भिडियो छन् । उपलब्ध सामग्रीहरू निशुल्क डाउनलोड गरेर प्रिन्टसमेत गर्न सकिने बस्नेतले बताए । पुस्तकालयको सेवा विध्यार्थी लगायत सर्वसाधारणले पनि सदस्यता लिएर उपयोग गर्न सक्ने षडानन्द बहुमुखी क्याम्पसका प्रमुख नगेन्द्र बस्नेतले बताए । वैशाख २० गते श्री षडानन्द बहुमुखी क्याम्पस र मुलपानी सामुदायिक सिकाइ केन्द्रको सहकार्यमा ओले इभि नेपाल साझा शिक्षा ई पाटीले विकास गरेको ई(पुस्तकालय सर्भर जडान गरेको हो । लाइब्रेरी स्थापना गर्न ५१ हजार खर्च लागेको थियो ।
प्रकाशित ३२ असाढ २0७५ , सोमवार | 2018-07-16 09:20:01
प्रकाशित ११ आश्विन २0७५ , बिहिबार
प्रकाशित २६ बैशाख २0७५ , बुधबार
प्रकाशित २ चैत्र २0७४ , शुक्रबार